`अविश्वासको प्रस्ताव फेस गर्न तयार छु´ : मुख्यमन्त्री लामा

मकवानपुर, ९ साउन । बागमती प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा तामाङले अविश्वासको प्रस्तावको सामना गर्न आफू तयार रहेको बताएका छन् । शुक्रबार २१ सांसदको हस्ताक्षरमा संसदीय दलका नेता तामाङविरुद्ध अविश्वास प्रस्ताव पेस दर्ता भएसँगै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘म अविश्वासको प्रस्ताव फेस गर्न तयार छु । गठबन्धनको सरकार भएको […]

मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता

मकवानपुर, ९ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई कांग्रेस संसदीय दलको नेताबाट हटाउन पार्टीका सांसदहरुले हस्ताक्षर बुझाएका छन् । कांग्रेस संसदीय दलका २१ सांसदको हस्ताक्षरसहित शुक्रबार संसदीय दलमा उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ । २१ सांसदको हस्ताक्षरसहित संसदीय दलका सचिव कृष्णकुमार तामाङलाई हस्ताक्षर बुझाउँदै अविश्वास प्रस्ताव दर्ता गरिएको एक सांसदले बताए । बहादुरविरुद्ध […]

प्रधानमन्त्री ओलीद्वारा तराई-मधेसको सुक्खा क्षेत्रको अवलोकन

महोत्तरी, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसको सुक्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन् । यही साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि मधेस–प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । वर्षाका समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, […]

बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन, ९ साउन । चितवनमा बोलेरो गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–३ शान्ति चोकमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालक कालिका नगरपालिका २ बस्ने ३५ वर्षीय मुकुन्द कँडेल मृत्यु भएको हो । खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ च ०५१० नम्बरको तरकारी बोक्ने बोलेरोले गएराति टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको […]