बागमतीले प्रदेशका ओलम्पियनलाई मासिक भत्ता उपलब्ध गराउने

मकवानपुर, १५ असार । बागमती प्रदेश सरकारले प्रदेशका ओलम्पियनलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ । बागमतीका मुख्य मन्त्री बहादुरसिंह लामाले ओलम्पियनलाई मासिक ५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् । प्रदेश खेलकुद परिषद् बागमतीको आयोजना र नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा स्कुल टु ओलम्पिकको समापनको अवसरमा शनिबार भएको चौथो ओलम्पियन पुनर्मिलन तथा सम्मान […]
भरतपुर मेयर कप : उपाधि जित्ने दुबै टिमको लक्ष्य

चितवन, १५ असार । दोस्रो भरतपुर मेयर कप फुटबलको उपाधि जित्ने दुबै टिमले दाबी गरेका छन् । फाइनल अघि आइतबारको प्रि म्याच कन्फ्रेन्समा डन एकेडेमी र वाल्मीकि शिक्षा सदन दुबैले उपाधि जित्ने लक्ष्य रहेको बताएका हुन् । मेयर कपको उपाधिका लागि सोमबार डन र वाल्मीकि भिड्दैछन् । डन पहिलो पटक मेयर कपमा सहभागी टिम हो […]
पत्रकार लक्ष्मण वियोगीको कथाकृति `सत्यम्´को गृहविमोचन तथा विमर्श

स्याङ्जा, १५ असार । लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ को वालिङ, मिर्दीमा विमोचन तथा विमर्श गरिएको छ । मिर्दीस्थित नेचुरल भ्यू पोइन्ट रेस्टुरेन्ट एन्ड लजमा एक कार्यक्रमका बीच शनिबार कृतिको विमोचन गरिएको हो । स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष कुमार रानाले अध्यक्षता गरेको कार्यक्रममा प्रमुख अतिथि पूर्व कृषि मन्त्री त्रिलोचन ढकाल, समालोचक डा. अशोक […]