सवारी दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन

भरतपुर, ३ चैत । रोटर्याक्ट क्लब अफ भरतपुर ले Royal rhino riders तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनसँगको सहकार्यमा चौबिसकोठीमा ट्राफिक जनचेतना कार्यक्रम तथा सडक दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम गरेको छ । कार्यक्रम आइतबार साँझ गरिएको हो । सोही क्रममा सवारी साधनहरूमा ट्राफिक नियमसम्बन्धी स्टिकर तथा पम्पलेटहरू टाँसिएको थियो, जसमा ट्राफिक नियम […]
फोहोर प्लास्टिक संकलन म्याराथुन प्रतियोगितामा दिवस लामा प्रथम

मकवानपुर, ३ चैत । राष्ट्रिय युवा संघ नेपाल हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ कमिटिको आयोजनामा भएको फोहोर प्लास्टिक संकलन म्याराथुन प्रतियोगितामा दिवस लामा प्रथम भएका छन् । ६ दशमलब ९८ केजी प्लाष्टिक संकलन गर्दै उनी प्रथम भएका हुन् । यस्तै ५ दशमलब ०१४ केजी फोहोर संकलन गर्दै दिपु डंगोल द्वितीय भए । ५ दशमलब ०६ […]
इन्धनको मूल्य घट्यो

भरतपुर, ३ चैत । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो । शनिबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ ।