युवा व्यवसायी दाहालको जन्मदिनमा विद्यार्थीलाई पत्रिका, आश्रममा भोजन

भरतपुर, २२ फागुन । नारायणगढका युवा व्यवसायी गुणराज दाहालले आफ्नो जन्मदिनको अवसर पारेर विद्यार्थीलाई पुस्तक उपलब्ध गराउनु भएको छ भने सहयोगापेक्षीलाई भोजन व्यवस्था गर्नुभएको छ । श्री पृथ्वी माध्यमिक विद्यालय कालिका नगरपालिका- ७ भटेनी, चितवनमा कक्षा ५ देखि ९ सम्म अध्ययनरत सबै विद्यार्थीलाई मुना, युवामञ्च, मधुपर्क र नारी पत्रिका उपलब्ध गराउनुभएको हो । दाहाल सोही […]
अभिनेत्री गौरी मल्ललाई मातृशोक

काठमाडौँ, २२ फागुन । अभिनेत्री गौरी मल्ललाई मातृशोक परेको छ । मुटुमा समस्या भई गंगालाल अस्पताल पुर्याइएकी ८८ वर्षीया हेमाकुमारी मल्लको निधन बुधबार दिउँसो २:१५ मा भएको हो । हेमाको दाहसंस्कार आजै पशुपति आर्यघाटमा गर्ने कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताए । हेमालाई श्रद्धाञ्जली दिन यतिखेर आर्यघाटमा कलाकार भेला भएका छन् । गौरी हेमाको जेठी […]
सीतापुरमा क्होइबो धीँ निर्माण : शुक्रबार उद्घाटन गरिँदै

भरतपुर, २२ फागुन । प्ये छ्या क्होइबो तमू समाजले भरतपुर–२१ सीतापुरमा क्होइबो निर्माण गरेको छ । उक्त क्होइबोको शुक्रबार विधिवतरूपमा पूजापाठ गरी उद्घाटन गर्ने तयारी गरिएको छ । नवनिर्मित क्होइबो धीँको उद्घाटन पूर्व बिहीबारदेखि नै पूजापाठ सञ्चालन गरिएको कार्यक्रम संयोजक नारायण थिम्जे तमूले जानकारी दिए । क्होइबो उद्घाटनको लागि पच्यु खेगीद्वारा छ्योपा त्हें (सृष्टि पूजा), […]
अङ्कुरम् एकेडेमीमा ‘फोल्डस्कोप’ कार्यशाला सम्पन्न

भरतपुर, २२ फागुन । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा ‘फोल्डस्कोप’सम्बन्धी कार्यशाला बुधबार सम्पन्न भएको छ । ‘फोल्डस्कोप’ भनेको दुनियाँको सबैभन्दा सानो ‘माइक्रोस्कोप’ हो जसलाई कागज र सिसाको प्रयोग गरी एक अमेरिकी डलरको लागतमा निर्माण गर्न सकिन्छ । यसले ब्याक्टेरिया र सेललाई १४० गुणा ठूलो देखाउँदछ । अमेरिकाको स्टयानफोर्ड बायोइन्जिनियरिङ्ग (स्कुल फर इन्जिनियरिङ्ग एण्ड मेडिसिन) र मर्सर […]