हेटौंडामा टोनी हेगनको शालिक अनावरण

मकवानपुर, २० फागुन । स्वीस नागरिक भूगर्भविद् डा. टोनी हेगनको अर्धकदको शालिक हेटौँडामा अनावरण गरिएको छ । मंगलबार बिहान टोनी हेगनकी छोरी डा. क्याट्रिना हेगनसहित हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा, निवर्तमान नगरप्रमुख हरिबहादुर महतले टोनी हेगनको अर्धकदको शालिक अनावरण गरे । हेटौँडामा मानव वस्तीको परिकल्पना गरेका हेगनको सम्मानमा हेटौँडा उपमहानगरपालिकाले हेटौँडा–१० मा टोनी हेगन पार्क […]
वीरेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुले निर्वाचन आचारसंहिता विपरित संगठन दर्ता गरेको भन्दै नेविसंघको आपत्ति
भरतपुर, २० फागुन । आसन्न स्ववियु निर्वाचनका लागि वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले निर्वाचन आचारसंहिता विपरित संगठन दर्ता गरेको भन्दै नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ । निर्वाचनको लागि संघसंगठन दर्ता गर्न सभापति, अध्यक्ष वा संयोजकको आधिकारिक लेटरप्याडमा हस्ताक्षर सहित बुझाउनुपर्छ । त्यसरी निवेदन दिने पदिय जिम्मेवारी बोकेका ब्यक्ति सम्बन्धित क्याम्पसका […]
भरतपुरका सामुदायिक विद्यालयका विद्यार्थीहरुको स्वास्थ्य परीक्षण

चितवन, २० फागुन । भरतपुर महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ कार्यक्रम मंगलबारदेखि सुरु भएको छ । भरतपुर महानगरकी मेयर रेनु दाहालले नारायणी नमुना माध्यमिक विद्यालय भरतपुरमा मंगलबार आयोजित समारोहबिच कार्यक्रमको शुभारम्भ गरेकी हुन् । समारोहलाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुरलाई मेडिकल सिटी भनेर मात्र नपुग्ने बताइन् । उनले यहाँका नागरिकको […]
तराईका युवा कृषकहरूका लागि आवासीय कृषि यान्त्रीकरण तालिम

रुपन्देही, २० फागुन । नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रले तराई क्षेत्रका युवा उद्यमी कृषकहरूका लागि रुपन्देहीको भैरहवास्थित राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रममा आवासीय कृषि यान्त्रीकरण तालिम आयोजना गरेको छ । यो तालिम कृषि प्रणालीलाई आधुनिक बनाउँदै उत्पादन वृद्धि गर्ने, कृषकहरूलाई व्यावसायिक बनाउने तथा वैदेशिक रोजगारीमा जाने युवाहरूलाई स्वदेशमै आत्मनिर्भर बनाउन प्रेरित […]
चितवनमा पहिलोपटक घर बनाउने मेला हुंँदै

चितवन, २० फागुन । चितवनमा पहिलोपटक घर बनाउने मेला हुने भएको छ । व्यवसायीहरुको समुह भी ग्रुप, निर्माण व्यवसायी एसवन विल्डर्ससको आयोजना तथा उद्योग वाणिज्य संघ र भरतपुर महानगरपालिकाको समन्वयमा आउँदो वैशाख २५ गतेदेखि २७ गतेसम्म नारायणगढमा हुन लागेको हो । घर बनाउन चाहिने आवश्यक सामग्री, मापदण्ड र सुरक्षा सम्बन्धी बिषयमा जानकारी गराउने उद्धेश्यसहित घर […]
चितवनमा विद्युतीय सवारी फोटोनको शोरुम

भरतपुर, २० फागुन । चितवनमा विद्युतीय सवारी फोटोनको नयाँ शोरुम सञ्चालनमा आएको छ । फोटोनका लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियलले चितवनमा नयाँ र विश्वस्तरीय फोटोन शोरुम सञ्चालनमा ल्याएको हो । यस शोरुममा फोटोनका उच्चस्तरीय व्यावसायिक ट्रक तथा भ्यानहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ । चितवन र आसपासका क्षेत्रका ग्राहकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको […]
छोरी सुरक्षाका लागि जिल्लामा विशेष अभियान सञ्चालन गर्न सुझाव

भरतपुर, २० फागुन । चितवनमा छोरीहरु सामाजिक तथा सांस्कृतिक जोखिममा रहेको भन्दै जिल्लाका अभियन्ताले चिन्ता व्यक्त गरेका छन् । आदर्श नारी विकास केन्द्रको अगुवाईमा सोमबार भरतपुरमा भएको छोरी शिक्षा, स्वास्थ्य, सुरक्षा, सांस्कृतिक चेतना कार्यक्रमको समीक्षा तथा आगामी कार्यदिशा सम्बन्धी छलफलमा सामाजिक अभियन्ता तथा अधिकारकर्मीले संस्थामार्फत उपयुक्त समयमा समय सान्दर्भिक अभियान शुरु भएको भन्दै यसलाई वृहत […]