क्रिकेटर सन्दीप लामिछानेसँग अङ्कुरम् एकेडेमीका विद्यार्थीको अन्तर्क्रिया 

चितवन, १८ फागुन । भरतपुर–७ स्थित अङ्कुरम् एकेडेमीका विद्यार्थीले सेलिब्रेटी क्रिकेटर सन्दीप लामिछानेसँग अन्तर्क्र्रिया गरेका छन् । आइतबार दिउँसो विद्यालयको अडिटोरिय हलमा कक्षा ११ र १२ का विद्यार्थीले क्रिकेटर लामिछानेसँग अन्तक्र्रिया गरे भने विद्यालयको प्राङ्गणमा कक्षा ४ देखि ९ सम्मका विद्यार्थीले क्रिकेटसम्बन्धी प्रश्नहरू सोधेका थिए । नेपाली क्रिकेटमा ‘गुगली मास्टर’का नामले परिचित क्रिकेटर लामिछानेसँग विद्यालयका […]

पाठकको पुण्य तिथिमा ११० जनाले गरे रक्तदान

चितवन, १८ फागुन । दिवंगत शिक्षक, पत्रकार एवं कलाकार भुपराज पाठकको १२औँ दिनको पुण्य तिथिमा आयोजित रक्तदान कार्यक्रममा ११० जनाले रक्तदान गरेका छन् । पाठक निवास, माडी-४, सिम्रहनीमा आइतबार सम्पन्न रक्तदानमा ७९ पुरुष र ३१ महिलाले रक्तदान गरेका हुन् । सोमध्ये नयाँ वा पहिलोपटक रक्तदान गरेकाहरुको संख्या ३६ र दोहोरिएका (पुराना) रक्तदाताको संख्या ७४ रहेको […]

सिद्धार्थले जित्यो टोल स्तरीय भेट्रान्सको उपाधि

चितवन, १८ फागुन । प्रथम मिन्नानो वडा नम्बर ११ टोल स्तरीय भेट्रान्स ८ ए साइड फुटबल प्रतियोगिताको उपाधि सिद्धार्थ टोल विकास संस्थाले जितेको छ । युनिक क्लब बसेनीको मैदानमा शनिबार सम्पन्न फाइनलमा निलगिरी टोललाई हराउँदै सिद्धार्थ च्याम्पियन बनेको हो । फाइनलमा सिद्धार्थ ६-० ले विजयी भयो । विजेता सिद्धार्थले ५० किलोको खसी प्राप्त गरेको छ […]

भूपराज पाठक स्मृति प्रतिष्ठान बन्ने

माडी, १८ फागुन । रक्तक्यान्सरका कारण हालै निधन भएका माडीका युवा सञ्चारकर्मी, शिक्षक एवं हाँस्यकलाकार भूपराज पाठकको स्मृतिमा परोपकारी प्रतिष्ठान स्थापना हुने भएको छ । आइतबार पाठकको १२औँ पुण्य तिथिका अवसरमा पाठक निवासमा सञ्चालित रक्तदान कार्यक्रममा सन्दर्भमा भूपराज पाठकको परिवारको प्रस्तावमा उपचार सहयोग अभियानको बैठकले सो निर्णय गरेको हो । ‘भूपराज पाठक स्मृति प्रतिष्ठान’को नाउँमा […]

क्यान्सर पीडित कार्कीलाई समाजसेवी भट्टद्धारा खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग

चितवन, १८ फागुन । भरतपुर महानगरपालिका वडा नम्बर १७ का ३९ बर्षीय खड्कबहादुर कार्कीलाई वडा नम्बर १६ का समाजसेवी नन्दप्रसाद भट्टले खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ । भट्टले क्यान्सर पीडित कार्कीको घरमै पुगेर चामल दाल, तेल साथै उहाँका सन्तानलाई कापी, कलम, झोला, कपडा हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण पछि प्रतिक्रिया दिँदै भट्टले कार्कीको […]

चितवन र ह्याम्स हस्पिटलद्वारा तनहुँको कोटामा निःशुल्क स्वास्थ्य शिविर

चितवन, १८ फागुन । भरतपुरस्थित चितवन हस्पिटल प्रालि र काठमाडौंस्थित ह्याम्स हस्पिटलले तनहुँको देवघाट गाउँपालिका–१ स्थित कोटामा निःशुल्क स्वास्थ्य शिविर गरेका छन् । वडा कार्यालयसँगको सहकार्यमा पार्वती माविमा गरिएको स्वास्थ्य शिविरमा ४ सय ४५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा दुई सय जनाको मधुमेह परीक्षण गरिएको चितवन हस्पिटलका सञ्चालक समिति सदस्य तथा पेट, छाती, […]

रोटर्‍याक्ट क्लब अफ भरतपुरको निःशुल्क आँखा शिविरमा १७५ जनाले लिए सेवा

भरतपुर, १८ फागुन । रोटर्‍याक्ट क्लब अफ भरतपुरको सहकार्यमा पर्साढाप युवा क्लब तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा, मेघौलीद्वारा भरतपुर महानगरपालिका वडा नम्बर २७ मा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर गरिएको छ । समुदायलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले गरिएको यस शिविरबाट १७५ जना प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । शिविरमा १२० जनाले आँखा परीक्षण गराएका […]