मकवानपुरमा बकैया साहित्य महाेत्सव शुरु

मकवानपुर, १६ फागुन । झरना साहित्यिक परिवार मकवानपुरको ३२ औँ वार्षिकोत्सव तथा ३१३ औँ साहित्य श्रृङ्खलाका अवसरमा बकैया गाउँपालिका- ५ कर्मचुली स्थित कर्मप्राप्ति माध्यमिक विद्यालयमा शुक्रबारबाट बकैया कला साहित्य महोत्सव सुरु भएको छ । बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीको प्रमुख अतिथ्य तथा वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर कपिल लामिछानेको विशिष्ट अतिथ्यमा सुरु भएको कार्यक्रममा बकैया वडा […]
बालबालिका आफैँमा सिँगै विश्वविद्यालय

पोखरा, १६ फागुन । समाजमा जति आमाको भूमिका आफ्नो सन्तानलाई हुर्काउन महत्त्वपूर्ण हुन्छ, त्यति नै भूमिका बुबाको हुन्छ । तर आमाको जति बाबाको महत्त्वका विषयमा कुराकानी हुँदैन । हरेक सन्तानको हुर्काइका लागि आमा र बाबा दुवैले समय दिनु आवश्यक छ । उनीहरूको अगाडि जति नै चुनौतीका चाङ आएपनि साथमा आमाबाबा छन् भन्ने अनुभूति दिलाउनु आवश्यक […]
बागमती साहित्य सम्मेलन सुरु, प्रदेश प्रमुखद्वारा उद्घाटन

धादिङ, १६ फागुन । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले साहित्य मानव समाजको ऐना भएकोले न्याय, चेतना परिवर्तन र रुपान्तरणको उत्प्रेरणा भएको बताउनुभएको छ । शुक्रबार धादिङबेसीमा बागमती प्रदेश स्तरीय पहिलो साहित्य महोत्सवको उद्घाटन गर्दै देवकोटाले साहित्य र कला, खुसी र समृद्ध जीवनको आधार भएको उल्लेख गर्दै मानव मानवबीचका द्वन्द्वहरु घटाएर प्रेम, मानवता, एकता र सौहार्दताको […]
समाजशास्त्रीय अध्ययन सम्बन्धी अन्तरक्रिया तथा बहुभाषी कवि गोष्ठी

भरतपुर, १६ फागुन । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा चितवनको समाजशास्त्रीय अध्ययन सम्बन्धी अन्तरक्रिया तथा बहुभाषी कवि गोष्ठी सम्पन्न भएको छ । प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मीको अध्यक्षता सम्पन्न कार्यक्रममा प्राडा कर्णबहादुर बानिया र डाक्टर ईश्वरीराज लौडारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । प्राडा बानियाले `चितवनमा बस्ने आदिवासी /जनजातिहरूका मातृभाषाको वर्तमान अवस्था : एक सूक्ष्म अध्ययन´ र […]
मगर सङ्घ मकवानपुरले मनायो स्थापना दिवस

मकवानपुर, १६ फागुन । मकवानपुरको हेटौंडामा मगर संस्कृतिमा आधारित बुद्धचोकदेखि हुप्राचौरसम्म झाँकीसहित र्याली तथा हुप्राचौरमा बिबिध साँस्कृतिक कार्यक्रम सहित मौलिक खानाका परिकार प्रदर्शनी गरी दिवस मनाइएको हो । नेपाल मगर सङ्घ तथा सङ्घसँग आबद्ध पालिका समिति, भात्रृ संस्थाहरु, मगर गुठीहरुलगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । संघको अध्यक्ष सन्देश तुम्सिंङ मगरको अध्यक्षता र हेटौंडा […]
प्रचण्ड भन्छन्- माओवादी मात्रै सक्कली मधेशवादी पार्टी, अरू सबै नक्कली !

राजविराज (सप्तरी) १६,फागुन प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्कली मधेशवादी दल माओवादी मात्रै भएको बताएका छन् । उनले अब मधेशी जनताको मुक्तिको सम्पूर्ण जिम्मा पनि माओवादीले लिने बताए । ‘जनतासँग माओवादी, तराई-मधेश जागरण अभियान’अन्तर्गत सप्तरीको राजविराजमा शुक्रबार आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरूसँगको अन्तर्किया उनले यस्तो बताएका हुन् । […]
नेपालसहित भारत र चीनमा भूकम्प महसुस, पाकिस्तानमा पनि भूकम्प

भरतपुर, १६ फागुन । शुक्रबार बिहानै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको भूकम्पको धक्का भारत र चीनमा पनि महसुस भएको छ । भूकम्पको झट्का भारतका पटना र बिहार आसपासका क्षेत्रमा महसुस भएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् । उक्त भूकम्पको धक्का काठमाडौं र आसपासका स्थानमा महसुस गरिएको थियो । भूकम्पको धक्का चितवन, नवलपरासी, पाल्पा, पोखरासहित पूर्वी नेपालका धेरै जिल्लामा […]