चितवनको ‘एक्सपर्ट एडु फेयर’मा विद्यार्थीको घुइँचो

चितवन, ११ फागुन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले आइतबार आयोजना गरेको शैक्षिक मेला ‘एक्सपर्ट एडु फेयर’ विद्यार्थीको घुइँचो लागेको छ । भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा भएको मेलामा विद्यार्थीहरुको बिहानैदेखि भिड लागेको थियो । मेलामा अष्ट्रेलिया, युके र न्युजिल्याण्डका ३५ बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले प्रत्यक्ष रुपमा जानकारी लिएका थिए । बिहान […]

राम कार्कीको गजलसंग्रह `तृप्ति´ विमोचन

मकवानपुर, ११ फागुन । मकवानपुरे साहित्यकार राम कार्कीको गजलसंग्रह `तृप्ति´ विमोचन भएको छ । साहित्य संगम मकवानपुरको ३५२ औँ नियमित साहित्य सन्ध्यामा शनिबार कार्कीको उक्त गजलसंग्रह विमोचन गरिएको हो । प्रा.डा. चुडामणि बन्धुको प्रमुख आतिथ्य तथा प्रा. डा. नारायणप्रसाद खनाल र बाल साहित्यकार प्रमोद प्रधानको विशिष्ट आतिथ्यमा भएको कार्यक्रमलाई साहित्य संगमका उपाध्यक्ष सानु खनालले स्वागत […]

क्यान्सर सचेतना तथा नि:शुल्क पाठेघर परीक्षण कार्यक्रम सम्पन्न

चितवन, ११ फागुन । पुष्पाञ्जली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा क्यान्सर सचेतना तथा नि:शुल्क पाठेघर परीक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ४० जना महिला सदस्यहरूले पाठेघरको परीक्षण गराएका थिए । कार्यक्रम पुष्पाञ्जली साकोसकी महिला परिचालन उपसमिति संयोजक विनिता नेपालको अध्यक्षता भएको थियो भने प्रमुख […]

टीकापुर साहित्य महोत्सव फागुन २४ गतेदेखि

धनगढी, ११ फागुन । टीकापुर साहित्य महोत्सवको दोस्रो संस्करण फागुन २४ गतेदेखि सुरु हुने भएको छ । टीकापुर साहित्य समाजको आयोजनामा टीकापुर नगर विकास समितिको सभाहलमा फागुन २४, २५ र २६ गते साहित्य महोत्सव हुने भएको हो । टीकापुर साहित्य महोत्सवको पहिलो संस्करण २०७९ मा भएको थियो । टीकापुर साहित्य महोत्सवको दोस्रो संस्करणलाई ‘पहलमानसिंह स्वाँर […]