बागमती प्रदेशमा ३ जना मृत फेला
मकवानपुर, १० फागुन । बागमती प्रदेशको ३ जिल्लामा ३ जना मृत फेला परेका छन् । प्रदेशको चितवन, धादिङ र काभ्रेपलाञ्चोक जिल्लामा १/१ जना मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । भरतपुर महानगरपालिका–१, नारायणी नदीको किनारमा एक जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा चितवनको रत्ननगर नगरपालिका–११, जयमंगला बस्ने ७६ […]
बकैया – कला साहित्य महोत्सवमा विभिन्न स्रष्टाहरू सम्मानित हुँदै

मकवानपुर, १० फागुन । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा बकैया–कला साहित्य महोत्सव–२०८१ हुने भएको छ । झरना साहित्यिक परिवार मकवानपुरको ३१३ औँ साहित्य शृङ्खला एवम् ३२ औँ वार्षिक उत्सवका अवसरमा बकैया–कला साहित्य महोत्सव–२०८१ हुन लागेको शनिबार झरना साहित्यिक परिवार मकवानपुरको सचिव मसान उपासकले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ । आगामी […]
नेपाल लिटरेचर फेस्टिभल फागुन १५ गतेदेखि पोखरामा

पोखरा, १० फागुन । नेपाल लिटरेचर फेस्टिभलको बाह्रौँ संस्करण फागुन १५ देखि १८ गतेसम्म पोखरामा हुने भएको छ। यस वर्ष पनि फेवाताल किनारको बाराही घाटमा महोत्सव हुने भएको हो। बुकवर्म फाउन्डेसनको आयोजनामा हुने ‘साहित्यको कुम्भमेला’ मानिने फेस्टिभलको यो संस्करणको मुख्य प्रस्तुतकर्ता एनसेल फाउन्डेसन हो। सेसन कक्ष र स्टल तयारीको काम अन्तिम चरणमा पुगेको फेस्टिभलका कार्यकारी […]
लाइसियम स्कुल रत्ननगरमा `म पुस्तक पढ्छु´ कार्यक्रमको दोस्रो शृङ्खला

रत्ननगर, १० फागुन । रत्ननगर नगरपालिका शिक्षा तथा खेलकुद शाखासँगको समन्वय, रत्ननगर वाङ्मय प्रतिष्ठानको प्राज्ञिक सहयोग तथा अनकोन र आमा फाउण्डेशनको आर्थिक सहयोगमा शुक्रबार लाइसियम स्कुल रत्ननगरमा `म पुस्तक पढ्छु´ कार्यक्रमको दोस्रो शृङ्खला विद्यालयका प्रबन्ध निर्देशक सन्तोष पन्तको अध्यक्षता तथा रत्ननगरका नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । लाइसियम स्कुलको नयाँ […]