धादिङमा फागुन १६ र १७ गते बागमती साहित्य महोत्सव हुने

धादिङ, ४ फागुन । संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेशको आयोजनामा धादिङबेसी धादिङमा फागुन १६ र १७ गते बागमती साहित्य महोत्सव -२०८१ हुनेभएको छ । महोत्सव बारे जानकारी गराउन गरिएको पत्रकार सम्मेलनमा बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी एवं मन्त्रालयका सचिव दीपेन्द्र सुवेदी, नीलकण्ठ नगरप्रमुख भीम ढुंगाना, नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्री दाहाललगायतको […]

विद्यार्थीलाई प्राविधिक शिक्षासँगै नैतिक र व्यावहारिक शिक्षा पनि दिनुपर्छ : उत्तम जोशी

भरतपुर, ४ फागुन । बागमती प्रदेशका पूर्व स्वास्थ्यमन्त्री उत्तम जोशीले विद्यार्थीलाई प्राविधिक शिक्षा सँगै नैतिक शिक्षा र व्यावहारिक शिक्षा पनि सँगसँगै दिनुपर्ने बताउनु भएको छ । अर्किड स्कुल भरतपुरको चौधौँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा प्रमुख अतिथिको तर्फबाट मन्तव्य राख्दै पूर्वमन्त्री जोशीले आफ्ना बाबुनानीलाई अरुसँग तुलना नगरी उनीहरूमा जे क्षमता छ त्यसमा गर्व गर्न अभिभावकहरूलाई […]

श्रीराम पाण्डेको ‘दुर्घटित जन्म’ विमोचित

मकवानपुर, ४ फागुन । साहित्यकार श्रीराम पाण्डेको कथा सङ्ग्रह ‘दुर्घटित जन्म’को हेटौँडामा विमोचन गरिएको छ । शनिबार हेटौँडाको भैरबरोडमा रहेको किताबघरमा आयोजित एक कार्यक्रमका बीच कृति विमोचन तथा विमर्श गरिएको हो । पाँच दशकदेखि साहित्य रचनामा लागिरहेका पाण्डेको पुस्तकाकार रुपमा चौथो तथा आख्यानका रुपमा पहिलो कृतिको रुपमा ‘दुर्घटित जन्म’ प्रकाशित भएको हो । विमोचित कृतिमाथि […]