कृष्णजी, के गजल भनेको सराब र शबाब मात्रै हो त ?

पाठकवृन्द, यतिबेला मेरो हातमा गजलकार कृष्ण काश्यपको ‘सराब’ गजलसङ्ग्रह (२०८१) छ । यो उनको दोस्रो गजलकृति हो र यसभित्र ९५ वटा गजलहरु समाविष्ट छन् । यसमा समाविष्ट चारवटा गजल मात्र पाँच सेरका छन् भने बाँकी ९१ वटा गजल चार चार सेरका छन् । यसरी हेर्दा तिनमा गजलको सिद्धान्त कति लागू भयो ? भनेर प्रश्न उठाउन […]
भरतपुरमा शुक्रबार ‘प्रेमिल साँझ’ सांगीतिक कार्यक्रम हुने

चितवन, १ फागुन । मिसन रेड अन्तरगत रक्तदान अभियान सञ्चालन सहयोगार्थ भरतपुरमा प्रेम दिवस अर्थात भ्यालेनटाइन डेको अवसरमा ‘प्रेमिल साँझ’ सांगीतिक कार्यक्रम हुने भएको छ । फेब्रुअरी १४ अर्थात फागुन २ गते शुक्रबार होटल ग्लोबल भरतपुरमा अपरान्ह ५ बजेदेखि ‘प्रेमिल साँझ’ सुरु हुनेछ । अहिले प्रेमिल साँझको तयारी धमाधम भइरहेको आयोजक ब्लड डोनर्स सोसाइटी नेपालका […]
जापानमा १५० वटा रेष्टुरेण्ट चलाएका ‘लाला’ले भरतपुरमा खोले चौतारी पार्टी प्यालेस

भरतपुर, १ फागुन । भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थित धर्मचोकमा नयांँ व्यवस्थापन सहित चौतारी पार्टी प्यालेस एण्ड तन्दुरी रेष्टुरेण्ट सञ्चालनमा आएको छ । युवा व्यवसायी यमलाल सापकोटा, मोतीलाल सापकोटा र नमराज गैह्रेसहितको समूहले ठूलो लगानीमा पार्टी प्यालेस सञ्चालनमा ल्याएका हुन् । १४ कठ्ठा क्षेत्रफल सहित पार्टी प्यालेसमा गोलघर, तीनवटा ठूला हल, गार्डेन, रेष्टुरेण्ट एण्ड […]
श्री रामजानकी बालिका आश्रम देवघाटमा श्रीमद्भागवत हुने

देवघाटधाम, १ फागुन । श्री लोककल्याण सेवा प्रतिष्ठान श्री रामजानकी बालिका आश्रमको आयोजनामा देवघाटधाममा बृहत महायज्ञ हुने भएको छ । यही फागुन ३ गतेदेखि ९ गतेसम्म आश्रमका बालिकाहरूबाट ८१औँ अनुष्ठानको रुपमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो । १५ वर्ष अघि स्थापना भएको लोककल्याण सेवा प्रतिष्ठानले २ वटा कार्यको थालनी गर्दै आएको छ । […]
विश्व रक्तदाता मैनालीको सम्झनामा रक्तदान कार्यक्रम

भरतपुर, १ फागुन विश्व रक्तदाता स्व. अर्जुनप्रसाद मैनालीको प्रथम स्मृतिमा भरतपुरमा रक्तदान कार्यक्रम गरिएको छ । मिसन रेड अभियान अन्तर्गत ब्लड डोनर्स सोसाइटी नेपालले प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरेको हो। रक्तदान कार्यक्रममा विभिन्न वर्ग, समुदाय तथा संस्थाका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष अर्जुन अधिकारीका अनुसार, […]
पार्टी संगठन बलियो बनाउन कार्यकर्तालाई एकताबद्ध हुन आग्रह

मकवानपुर, १ फागुन । संघीय सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पार्टीभित्रको विवाद समाधान गर्न माथिल्ला संरचनाहरूसँगको समन्वयमा छलफल र सहकार्यमा जोड दिनु पर्ने बताएका छन् । बिहीबार नेापाली काँग्रेस मकवानपुरले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले यस्तो बताएका हुन् । ‘पार्टी संगठन बलियो बनाउन आमकार्यकर्तालाई एकताबद्ध गर्नुपर्ने भएकोले कांग्रेसको गति […]
देवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न

भरतपुर, १ फागुन । देवघाटधाममा एक महिनासम्म सञ्चालित महामहोत्सव बुधबार सम्पन्न भएको छ । माघे सङ्क्रान्तिको अवसर पारेर सञ्चालन भएको महामहोत्सव सकिएको हो । विश्व जागरण महाअभियान ट्रष्ट चितवनको आयोजनामा भएको महामहोत्सवको देवघाटस्थित गलेश्वर आश्रमका पिठाधिश महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरीजी महाराजले समापन गरे । उनले देवघाट क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनका लागि महामहोत्सव सफल भएको […]