देवघाटधाममा मकर काव्य यामिनी हुँदै

देवघाटधाम, २४ पुस । प्रसिद्ध धार्मिकस्थल देवघाटधाम तनहुँमा अवस्थित ‘महेश-संस्कृत-गुरुकुलम्’को आयोजनामा यही पुस २९ गते सोमबार `मकर-काव्य-यामिनी´को २२औँ शृङ्खला आयोजना हुने भएको छ । भावको स्निग्ध धागोमा शब्दका फूल गाँस्दछिन् । कविका मनमा रम्दै यामिनी मस्त हाँस्दछिन् ।। शब्दउद्यानका माली! अलङ्कारसुवासिनी । काव्यका पारखी ! ‘आऊ’ भन्दछिन् काव्य-यामिनी ।। दुई दशकदेखि निरन्तर सञ्चालन हुँदै आएको मकर […]
बागमती प्रदेशका ३ जिल्लामा ३ जनाकाे मृत्यु
मकवानपुर, २४ पुस । चितवन जिल्लाको कालिका नगरपालिका–८, गैरीवारीमा रुखबाट लडेर घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ४९ वर्षीय रामबहादुर चेपाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । गत बुधबार दिउँसो २ बजेको समयमा चेपाङ घर नजिकै रहेको अमिलिया जंगलमा टाटरीको घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते […]
अर्बुद रोग लागेका पत्रकारलाई महासंघको सहयोग

चितवन, २४ पुस । जिल्लामा अर्बुद रोग (क्यान्सर)बाट उपचाररत पत्रकारलाई नेपाल पत्रकार महासंघ चितवन शाखाले आर्थिक सहयोग गरेको छ । पत्रकार महासंघ चितवनका सदस्य रहेका पीडितका परिवारलाई भेटेर आर्थिक सहयोग गरिएको महासंघ चितवन शाखाका अध्यक्ष वसन्त पराजुलीले बताए । महासंघले माडी नगरपालिका निवासी नेपाल पत्रकार महासंघका पूर्व कार्यसमिति सदस्य भुपराज पाठकलाई रु ७५ हजार सहयोग […]
नारायणगढका युवा व्यवसायी रमेश गैरेको निधन

चितवन, २४ पुस । कार दुर्घटनामा परेर गम्भीर घाइते भएका नारायणगढका युवा व्यवसायी रमेश गैरेको निधन भएको छ । उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो । नारायणगढको कमलनगरमा चस्मा पसल सञ्चालन गर्दै आएका ३८ वर्षीय युवा व्यवसायी गैरेको उपचारको क्रममा उनको निधन भएको हो । उनको २३ दिनदेखि भरतपुर अस्पतालमा उपचार […]
भरतपुरमा खुला कौराहा नृत्य प्रतियोगिता हुँदै

चितवन, २४ पुस । माघे संक्रान्तिको अवसर पारेर भरतपुरमा यही शनिबार (पुस २७ गते) खुला कौराहा नृत्य प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल मगर संघको भ्रातृ संगठन नेपाल मगर सांस्कृतिक संघ, चितवन शाखाले प्रतियोगिता आयोजना गर्न लागेको हो । नेपाल मगर संघको कार्यालय नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी सांस्कृतिक संघले कौराहा नृत्य प्रतियोगिताबारे जानकारी […]
चितवनमा तोरीखेती बढ्यो

चितवन, २४ पुस । भरतपुर महानगरपालिका र माडी नगरपालिकामा गत वर्षको तुलनामा यस वर्ष तोरीखेती हुने क्षेत्रफल बढेको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका योजना अधिकृत निर्मल पौडेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष तोरीखेती हुने क्षेत्रफल सातदेखि आठ प्रतिशत बढेको हो । गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा १३ हजार छ सय ४२ […]