नियम उल्लंघन गरेका २४ जना मोटरसाइकल चालकलाई कारबाही हुने

चितवन, २२ पुस । मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने, साइलेन्सर झिकेर चर्को आवाज निस्कने गरी मोटरसाइकल चलाउने २४ जनामाथि कानुनी कारबाही हुने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यातायात व्यवस्था कार्यालय चितवनलाई पत्र लेखी कारबाहीको माग गरेको हो । जिल्ला ट्राफिक कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका प्रहरी निरीक्षक गायत्रीराज शर्माले यातायात व्यवस्था ऐन २०४९ को […]

रमेश सायनले सुनाए लेखन अनुभव

दाङ, २२ पुस अध्ययन मञ्च दाङले नेपाल प्रहरी स्कुल दाङमा आयोजना गरेको एक कार्यक्रममा लेखक रमेश सायनले आफ्ना लेखन अनुभव सुनाएका छन् । सोमबार मञ्चले नेपाल प्रहरी स्कुल कक्षा दसका विद्यार्थीमाझ लेखक सायनलाई उभ्याएको थियो । `तपाईँहरु माझ आफ्ना अनुभुति राख्दै गर्दा मैले आफ्नो स्कुले जीवन सम्झिरहेको छु । म सामान्य विद्यार्थी थिएँ तर साहित्य […]

नारायणगढ जेसीजको नयाँ नेतृत्वलाई पद हस्तान्तरण

भरतपुर, २२ पुस । नारायणगढ जेसीजको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । आइतबार साँझ पुलचोकस्थित जेसिज भवनमा वर्ष २०२५ को कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो । प्रतिनिधि सभा सदस्य एवं पूर्व वनमन्त्री शंकर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नारायणगढ जेसीज वर्ष २०२४ का अध्यक्ष राजेन्द्र भट्टराईले वर्ष २०२५ का नवनिर्वाचित अध्यक्ष […]

लैंगिकमैत्री वातावरण निर्माणको लागि मनहरी गाउँपालिकाका दर्जनौँ कार्यक्रम

मकवानपुर, २२ पुस । मनहरी गाउँपालिकाले लैंगिकमैत्री वातावरण निर्माणको लागि दर्जनौँ कार्यक्रममार्फत अग्रसरता देखाएको पाईएको छ । गाउँपालिकाले बजेट निर्माण गर्दाको समयदेखि बजेट परिचालको अवस्थासम्म आफ्नो क्रियाकलापलाई नियमित सञ्चालन गर्दै आएको पाईएको हो । गाउँपालिकाले पछि पारिएका महिला, दलित, जनजाति, अति सिमान्तकृत महिला तथा अपाङ्गता भएको महिलाहरुको सवालमा सिपमुलक तालिमको व्यवस्था गर्दै उनीहरुलाई आत्मनिर्भर बनाउने […]

बागमती प्रदेशको कानुन निर्माण र कार्यान्वयन सम्बन्धी छलफल

सिन्धुपाल्चोक, २२ पुस । बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपेक्षाबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिकामा सम्पन्न भएको छ । बागमती प्रदेश सभा सचिवालयको आयोजनामा भएको कार्यक्रमको उद्घाटन बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले गरे । कार्यक्रमको उद्घाटन गर्दै सभामुख पाठकले कानूनको सही कार्यान्वयनका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको र सबैको […]