भरतपुर भ्रमण वर्ष र रैथाने खाना महोत्सव सकियो

भरतपुर, १६ पुस । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर महानगरले गरेकोे विकास अन्य पालिका, प्रदेश र केन्द्रले समेत अनुकरण गर्न योग्य रहेको बताउनु भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को सफल समापन एवं एवं पाँच दिन अगाडिदेखि पश्चिमचितवनको मेघौलीमा शुरु गरिएको राष्ट्रिय रैथाने खाना महोत्सवको समापन कार्यक्रमलाई […]

नेपाली गजलमा देखिएको विवाद अनावश्यक भएको पोखरेली गजलकारको निष्कर्ष, सातबुँदे घोषणापत्र जारी

पोखरा, १६ पुस । नेपाली गजलमा देखिँदै आएको विवाद अनावश्यक रहेको पोखराका गजलकारहरूले निष्कर्ष निकालेका छन् । सोमवार पोखरामा आयोजित पोखरेली गजलप्रेमीहरूको भेलाले बहर वा स्वतन्त्र लयविधान जुनसुकै शैलीमा लेखिए पनि गजललाई ‘गजल’ नै भनिनुपर्नेमा जोड दिएका छन् । गैरबहरमा लेखिएका गजललाई गजल भन्न नहुने भन्दै केही समयदेखि केही गजलकाहरूले सञ्चालन गरेका अभियानप्रति कटाक्ष गर्दै […]

चितवनमा गैंडाले आक्रमण गर्दा एक जनाको मृत्यु, पाँच जना घाइते

चितवन, १६ पुस । गैंडाले आक्रमण गर्दा मंगलबार रत्ननगर नगरपालिकामा एकजनाको ज्यान गएको छ । पाँचजना घाइते भएका छन् । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरणअनुसार निधन हुनेमा रत्ननगर-१६ बस्ने ७० वर्षीया कृष्णकुमारी थापा रहेकी छन् । आक्रमणपछि गम्भीर घाइते भएकी उनको उपचारको क्रममा भरतपुरको सरकारी अस्पतालमा निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी […]