चिनियाँ फिल्मको छायाङ्कन टोलीलाई मेयर दाहालद्वारा स्वागत

चितवन, १४ पुस । चिनियाँ फिल्म निर्माण टोलीलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाको कार्यकक्षमा स्वागत गरेकी छन् । आइ वान्ट टु लिभ फरेभर (म अजम्बरी हुन चाहन्छु) नामक चिनियाँ फिल्म निर्माणका लागि उक्त टोली छायाङ्कन स्थल छनोट गर्न भरतपुर आएको हो । भरतपुर भ्रमण वर्ष चलिरहेको अवस्थामा चिनियाँ फिल्म भरतपुरमा पनि छायाङ्कन हुँदा समग्र […]
‘नवीनसागर : आत्मसृष्टि र जनदृष्टि’ स्मृतिग्रन्थ सार्वजनिक

गैँडाकोट, १४ पुस । तत्कालीन नवलपरासी जिल्लाको गैँडाकोट गाविसका पहिलो अध्यक्ष स्वर्गीय नवीनसागर सुवेदीको स्मृतिमा प्रकाशित पुस्तक ‘नवीनसागर : आत्मसृष्टि र जनदृष्टि’ को आइतबार एक समारोहबिच गैँडाकोटमा विमोचन गरिएको छ । गैँडाकोट नगरपालिका–८ स्थित कालिका मन्दिर कालिका आश्रमको सभाहलमा कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले पुस्तक लोकार्पण गरेका हुन् । मन्त्री अधिकारीले पुस्तक लोकार्पणपछि […]
अङ्कुरम् एकेडेमीका विद्यार्थीले बनाए रैथाने खानाका परिकार

भरतपुर, १४ पुस । भरतपुर महानगरपालिका-७ कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा आइतबार तेस्रो संस्करणको फुड फेस्ट तथा लाइभ म्युजिक सम्पन्न भएको छ । वार्षिक शैक्षिक कार्यक्रमअन्तर्गत विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा दुई दर्जन बढी स्टलहरू रहेका थिए । कक्षा १२ सम्मका विद्यार्थीले आयोजना गरेको उक्त कार्यक्रममा विद्यार्थीका २४ वटा र विद्यालयको तर्फबाट एउटा स्टल राखिएको थियो । कार्यक्रममा […]
‘हेल्प नेपाल नेटवर्क’को अन्तर्राष्ट्रिय अध्यक्षमा डिला खरेल सर्वसम्मत चयन

भरतपुर, १४ पुस । संसारभर रहेका नेपालीहरुको परोपकारी संस्था ‘हेल्प नेपाल नेटवर्क’को अन्तर्राष्ट्रिय अध्यक्षमा डिला खरेल सर्वसम्मत चयन हुनुभएको छ । काठमाडौंमा शनिवार सम्पन्न वार्षिक साधारणसभाले खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । चितवन घर भएका खरेल विगत लामो समयदेखि अष्ट्रेलियालाई कर्मथलो बनाएर काम गर्दै आउनुभएको छ । एनआरएनएलगायतका संघसंस्थामा लामोसमय काम गरेको अनुभव […]