प्राडा यज्ञप्रसाद अधिकारीलाई लोकतान्त्रिक योद्धा सम्मान प्रदान

भरतपुर, १३ पुस । प्राध्यापक डाक्टर यज्ञप्रसाद अधिकारीलाई लोकतान्त्रिक योद्धा सम्मान प्रदान गरिएको छ । उनलाई शनिबार प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले निवासमा पुगेर सम्मान गरेका हुन् । प्रजातान्त्रिक विचार समाजले ४८औँ राष्ट्रिय एकता दिवस तथा मेलमिलाप दिवसको अवसर पारेर भरतपुर महानगरपालिका–१० मा पुगेर अधिकारीलाई सम्मान गरेको हो । अवस्थ रहेका अधिकारी कार्यक्रममा […]

मन्त्री महर्जनद्वारा एन्फा यू–१६ युथ लिग फुटबल प्रतियोगिताको उद्घाटन

मकवानपुर, १३ पुस । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले एन्फा यू–१६ युथ लिग फुटबल प्रतियोगिताको उद्घाटन गरेका छन् । अलिख नेपाल फुटबल संघद्वारा सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आयोजित प्रतियोगिताको मन्त्री महर्जनले उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महर्जनले बागमती प्रदेशको समग्र खेल क्षेत्रको विकासका लागि आफूले पहल गरिरहेको बताए । […]

चितवन उद्योग संघको ३३ औँ वार्षिक साधारणसभामा पत्रकारको उपचारका लागि ५१ हजार

चितवन, १३ पुस । चितवन उद्योग संघको ३३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार उद्योग संघको परिसरमा सम्पन्न भएको साधारणसभालाई बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेका थिए । सो अवसरमा मायाको चिनो दिने खर्च व्यवस्थापन गरी नेपाल पत्रकार महासंघ चितवन शाखामार्फत क्यान्सरपीडित पत्रकार भूपराज पाठक र संगीता बानियाँको उपचारको लागि ५१ […]

तीनखोलेमा ल्होसार मनाउँदै गुरुङ समुदाय

चितवन, १३ पुस । हरेक वर्ष पुस १५ गते गुरुङ समुदायले मनाउने ल्होसार पर्वमा यस वर्ष गरुड वर्ग (मुप्री–ल्हो) लाई बिदाई गर्दै सर्प वर्ग (सप्री–ल्हो) लाई स्वागत गर्ने तयारी गरिएको छ । बर्सेनी वर्ग (ल्हो) फेरिने (सार) भएकोले यस पर्वलाई ल्होसार भनिएको हो । भरतपुरको तीनखोलेस्थित महाबौद्ध गुम्बामा यस वर्ष पनि तमू ह्युल छोँज धीँ […]

मकवानपुरमा कुटपिटबाट एक जनाको मृत्यु

मकवानपुर, १३ पुस । मकवानपुरमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको थाहा नगरपालिका वडा नम्बर – १० मुलगाउँ बस्ने वर्ष ५३ को हिराकाजी गोपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार गत पुस ८ गते आगो ताप्ने क्रममा सामान्य विवाद हुँदा हिरालाललाई स्थानीय ४७ वर्षीय जयराम गोपालीले कुटपिट […]

एक्सपेङ जीसिक्स विद्युतीय कारको बुकिङ सुरु

चितवन, १३ पुस । चौधरी ग्रुपको सिजी कर्प अन्तर्गतको सिजी मोटर्स र सिजी मोटर्सको आधिकारिक विक्रेता युरो मोटर्सले शुक्रबार साँझ भरतपुर महानगरपालिकाको भतेरीमा भव्य कार्यक्रमको आयोजना गरी नयाँ विद्युतीय कार एक्सपेङ जीसिक्सको लन्चिङसँगै बुकिङ सुरु गरेका छन् । अत्याधुनिक प्रविधि समेटिएको एक्सपेङ जीसिक्स विद्युतीय कारलाई फूल चार्जपछि ५ सय किलोमिटरसम्म चलाउन सकिने बताइएको छ । […]

चितवनमा लुम्बिनी सेरामिक्स टायल्सको डिलर उद्घाटन

चितवन, १३ पुस । नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टायल्स, लेमिनार टायल्सको उत्पादक लुम्बिनी सेरामिक्स लिमिटेडले आफ्नो पहिलो एक्स्क्लुसिभ डिलर चितवनको टाँडीमा सञ्चालनमा ल्याएको छ । रत्ननगर- ३ शान्तिचोकस्थित जय गोरखाली टायल्स एण्ड मार्बल सप्लायर्सलाई डिलर नियुक्त गरी लुम्बिनी सेरामिक्सले डिलर उद्घाटन गरेको हो । शनिबार आयोजित एक औपचारिक कार्यक्रमका बीच रत्ननगर उद्योग वाणिज्य संघका […]