पत्रकार भुपराज पाठकको उपचारका लागि शिक्षक संगठनद्वारा सहयोग

भरतपुर, ८ पुस । रक्तक्यान्सर भएर भारतमा उपचाररत चितवनका पत्रकार भुपराज पाठकलाई विभिन्न विद्यालयका शिक्षकहरू, सेवाभावी व्यक्तिहरूबाट सङ्कलित रकम नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनले आर्थिक सहयोग स्वरुप जम्मा गरेको छ । पत्रकार पाठकको उपचारमा एक लाख एक हजार एक सय एघार रुपैयाँ सहयोग गरिएको हो । संगठन चितवनका कोषाध्यक्ष देवप्रसाद पण्डितले उक्त रकम सहयोग समितिका […]
उद्योग तथा वाणिज्य कार्यालय चितवनको नवनिर्मित भवन उद्घाटन

भरतपुर, ८ पुस । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको मातहतमा रहेको चितवन उद्योग तथा वाणिज्य कार्यालयको नवनिर्मित भवनको उद्घाटनसँगै एकीकृत सेवा प्रवाह कक्ष सञ्चालनमा आएको छ । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले सोमबार भवनको उद्घाटन गरेकी हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री तामाङले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा […]
दक्षिण एसियाकै पहिलो सुरुङको पुननिर्माण सकिएपछि सर्वसाधारणका लागि खुला

मकवानपुर, ८ पुस । मकवानपुर र बारा जिल्लाको सिमानामा पर्ने १०० वर्ष पुरानो दक्षिण एसियाकै पहिलो ‘सुरुङ’ को पुननिर्माण कार्य सकिएको १७ महिनापछि सोमबारबाट सर्वसाधारणका लागि खुला गरिएकाे छ । हेटौंडा उपमहानगरपालिका १५ स्थित चुरियामाईं मन्दिरसँगै रहेको उक्त सुरुङ मार्ग प्रदेश सरकारले जीर्णोद्धार गरी सञ्चालनका लागि सोमबार हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेसँगै संचालनमा आएकाे हाे । […]
पत्रकार महासंघ चितवनको नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण

चितवन, ८ पुस । नेपाल पत्रकार महासंघ चितवन शाखाको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका छन् । सोमबार एक कार्यक्रमबिच निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएर जिम्मेवारी हस्तान्तरण गरेको हो । पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्ष नारायणप्रसाद अधिकारीले नवनिर्वाचित अध्यक्ष वसन्तराज पराजुलीलाई अध्यक्षको आसनग्रहण गराएर पद हस्तान्तरण गरेका थिए । […]