सनराइजका विद्यार्थीले सुनाए पठन अनुभूति

चितवन, ५ पुस । सनराइज इङ्ग्लिस सेकेण्डरी स्कुलमा कक्षा ११ मा अध्ययनरत ११ जना विद्यार्थीले पुस्तक पढ्दाका अनुभूतिहरू सुनाएका छन् । सनराइज लिटरेरी लुमिनारी क्लबको आतिथ्यमा सम्पूर्ण किताब नारायणगढले शुक्रबार सनराइज स्कुलमा आयोजना गरेको `म पनि पढ्छु´ कार्यक्रमको पाँचौँ शृङ्खलामा उनीहरूले पठन अनुभूति सुनाएका हुन् । कार्यक्रममा धिरज कँडेलले `डेमन आइ´ पुस्तकको टिप्पणी सुनाए । […]
हेटौंडामा सडक खाना महोत्सव हुने

मकवानपुर, ५ पुस । हेटौंडामा सडक खाना महोत्सव हुने भएको छ । होटल एशोसिएशन मकवानपुरले पुस १३ गतेदेखि हेटौंडामा ४ दिने सडक खाना महोत्सव आयोजना गर्ने भएको हो । हेटौंडा–४ स्थित हुप्रचौरको पूर्वतर्फको सडकमा आउँदो पुस १३ देखि १६ गतेसम्म सडक महोत्सव हुने बिहीबार पत्रकार सम्मेलनमा होटल एशोसिएशन मकवानपुर अध्यक्ष अध्यक्ष दिलिशगोविन्द जोशीले जानकारी दिए […]