कुमारीको `दर्ज्यु संलाप´ माथि गैंडाकोटमा अन्तर्क्रिया

गैंडाकोट, ३० मङ्सिर । निबन्धकार कुमारी लामाको निबन्धकृति `दर्ज्यु संलाप´ माथि अन्तर्क्रिया गरिएको छ । अक्षर समूह चितवनको आयोजनामा शनिबार द नारायणी रिसोर्ट गैंडाकोटमा कार्यक्रम गरिएको हो । अन्तर्क्रिया कार्यक्रममा अक्षर समूहका अध्यक्ष रमेश प्रभातले निबन्धकार लामासहित भूपिन र रञ्जना लामिछानेसँग संवाद गरे । निबन्धमार्फत पहिचानका मुद्दालाई समेट्ने कोसिस गरेको निबन्धकार लामाले बताइन् । टिप्पणीकार […]

पेट्रोलको मूल्य बढ्यो

भरतपुर, ३० मङ्सिर । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आइतबारको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो । निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५९ रुपैयाँ ५० […]

चितवनमा लक्जरी इलेक्ट्रिक गाडी जिकर सार्वजनिक

चितवन, ३० मङ्सिर । विद्युतीय कार जिकरको चितवनस्थित आधिकारिक डिलर युनाइटेड अटो कन्सर्नले भरतपुरमा भव्य समारोहसहित जिकर ब्रान्ड सार्वजनिक गरेको छ । जिकर चीनको गिली होल्डिङ ग्रुपको उत्पादन लक्जरी इलेक्ट्रिक गाडीको ब्रान्ड हो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले स्मार्ट प्रविधियुक्त प्रिमियम डिजाइनको जिकर एक्सको अनावरण गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले […]

सङ्घर्ष सँगाती कार्यक्रमको पहिलो शृङ्खलामा महानन्द र सुमित्रा

कोहलपुर, ३० मङ्सिर । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेको आयोजनामा कोहलपुरमा ‘सङ्घर्ष सँगाती’ कार्यक्रम सम्पन्न भएको छ । वैयक्तिक सम्बन्ध, साहित्य, शिक्षा आदि क्षेत्रमा सँगसँगै यात्रा र सङ्घर्ष गरी समाजमा विशेष परिचय बनाएका व्यक्तित्वका अन्तरङ्ग संवादका रूपमा सङ्घर्ष सँगाती कार्यक्रम रहेको छ । कार्यक्रमको पहिलो शृङ्खलामा कोहलपुरमा रही शिक्षा र साहित्यका क्षेत्रमा सक्रिय एवम् […]

के पहिचान खोज्नु र प्रतिक्रियात्मक हुनु समान हो र कुमारीजी ?

अलिकति पहिचानका कुरा अनौठो छ विश्वसमुदाय । अनौठो छ नेपाली परिवेश पनि । यहाँ कहिल्यै रित्तिँदैन पहिचानको लडाइँ । जबसम्म समाजबाट हराँउदैनन् शोषण, दमन, अवहेलना र अघेल्याइँको रूप, तवसम्म कायमै रहन्छ विभेदको पर्खाल । समाजमा नयाँ नयाँ तरिकाले मौलाउँछ दलनको बिउ । खोज्नेहरू खोज्छन् पहिचानका कुरा । त्यसैले जन्मिन्छ प्रतिक्रियात्मक सोच । आजको नेपालमा त […]