समावेशी शिक्षाले फेरिँदै छ एनुसको आनीबानी

चितवन, २६ मङ्सिर । कच्ची बाटोसँग जोडिएको जमिनमा बनेको लाम्चो टहरो । टिनले छाएको टहरोमुनि बस्छन् तीन परिवार । तीन परिवारमध्ये एउटा परिवार शिव कुमालको हो । शिवको परिवारमा उनकी श्रीमती शर्मिला, छोरी प्रज्ञा, छोरा एनुस र कान्छी छोरी बस्छन् । यस परिवारका सबै ठिकठाक छन् तर एनुसमा बहुअपाङ्गता छ । एनुसको शरीर अरठ्ठिएको छ […]
चुरोटको मुनाफा क्यान्सरपीडित भुपराज पाठकको उपचारका लागि

भरतपुर, २६ मङ्सिर । रक्त क्यान्सर भएर भारतको नयाँदिल्लीमा उपचाररत चितवन, माडीका भुपराज पाठकको उपचारका लागि युवा व्यवसायी जोन कँडेलले रु. २४६४६/- सहयोग उपलब्ध गराउनुभएको छ । माडीको दिवाकर स्मृति माध्यमिक विद्यालयका शिक्षक एवं हाँस्य कलाकार तथा लोकदोहोरी गायक भूपराज पाठकमा रक्त क्यान्सर रोग देखिएपछि दुई सातादेखि उपचाररत हुनुहुन्छ । माडी नगरपालिका-४, सिम्रहनी निवासी कलाकार […]
वातावरण सरसफाइ सचेतनाका लागि फोहोर सङ्कलन दौड हुने

चितवन, २६ मङ्सिर । वातावरण सरसफाइमा युवाहरुलाई चेतना अभिबृद्धि गर्नका लागि फोहोर सङ्कलन दौड आयोजना गरिने भएको छ । भरतपुर महानगरपालिका, मेट्स इन्टरनेशनल र नेपाल टेलिकमको सहकार्यमा मैनादेवी फाउन्डेसनले यही मङ्सिर २९ गते भरतपुरको व्यस्त सडकमा सो कार्यक्रमको आयोजना गर्न लागेकोे हो । कार्यक्रमका व्यवस्थापक अर्जुन अधिकारीले वातावरण सरसफाइमा युवाको भूमिका बारे बुझाउन चितवनमा पहिलोपटक […]
वाल्मीकि स्कुलका विद्यार्थीले गरे सरसफाइ

भरतपुर, २६ मङ्सिर । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि वाल्मीकि शिक्षा सदनको २८औं वाषिकोत्सव तथा अभिभावक दिवसका अवसरमा सरसफाइ कार्यक्रम गरिएको छ । युवा रेडक्रस सर्कल वाल्मीकि शिक्षा सदनको आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो । वातावरण सरसफाइमा युवाहरुलाई चेतना अभिवृद्धि गर्नका लागि यो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्राचार्य प्रदीप पौडेलले जानकारी दिनुभयो । […]