बागमती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा हरिप्रसाद पौडेल नियुक्त

मकवानपुर, २५ मंसिर । बागमती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा हरिप्रसाद पौडेल नियुक्त भएका छन् । प्रदेश सरकार मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले चितवन जिल्ला राप्ती नगरपालिका–७ का पौडेललाई बोर्डको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । बैठकले बागमती प्रदेश विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीलाई […]

वाल्मीकि शिक्षा सदनमा रक्तदाता र अतिथिलाई मायाको चिनोस्वरुप किताब

भरतपुर, २५ मङ्सिर । वाल्मीकि शिक्षा सदन भरतपुरले २८औं वाषिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आइतबारदेखि खेलकुद सप्ताह कार्यक्रम गरिरहेको छ । सोही अवसरमा युवा रेडक्रस सर्कल वाल्मीकि शिक्षा सदनको आयोजनामा मङ्गलबार खुल्ला रक्तदान कार्यक्रम गरिएको छ ।   `रक्तदान जीवनदान´ भन्ने महान् उक्तिलाई सार्थकता दिनको लागि यो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्राचार्य प्रदीप पौडेलले बताउनु […]

`लैंगिक समानतामा प्रतिवद्ध व्यक्ति मात्र उम्मेदवार बन्नुपर्छ´

भरतपुर, २५ मंसिर । महिला शान्ति र सुरक्षाका लागि दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन सम्बन्धमा चितवन जिल्लास्थित साझेदार निकायको क्षमता अभिवृद्धि तथा पुनर्ताजकी कार्यशाला सकिएको छ । भरतपुर महानगरपालिका र आदर्श नारी विकास केन्द्रको आयोजना एवं द स्टोरी किचेन र युरोपियन युनियनको प्राविधिक सहयोगमा सोमबारदेखि शुरु भएको कार्यशालामा दोस्रो कार्ययोजनाको प्रगति र हालसम्मको उपलब्धी, लैंगिक संवेदनशीलता, […]

लायन्स क्लबद्वारा कोटीहोमका बटुकलाई ओछ्यान प्रदान

गैंडाकोट, २५ मङ्सिर । गैडाकोट नगरपालिका-१० पितौंजीस्थित कोटीहोममा रहेको श्री सिद्धिदात्री दुर्गा मन्दिर, गीता पाठशालामा आश्रित ३४ जना बटुकहरुका लागि खाटसहित ओछ्यान हस्तान्तरण गरिएको छ । करिब १ लाख ५ हजार रुपैयाँ बराबरको खाट, म्याट्रेस, फाईबरका सिरक, सिरानी तथा तन्नाहरू हस्तान्तरण गरिएको लायन्स क्लव अफ नारायणगढ बालकुमारीका अध्यक्ष शेरबहादुर पौडेलले जानकारी दिए । कार्यक्रममा प्रमुख […]

भ्रष्टाचारीहरुलाई रक्षा गर्ने उद्देश्यका निम्ति कांग्रेस – एमालेको समीकरण : प्रचण्ड

भरतपुर, २५ मङ्सिर । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रातारात अड्डासार गर्ने काम गरेर हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारबाट ज्यादती भएको बताएका छन् । नेकपा (माओवादी केन्द्र) भरतपुर महानगर समितिले मंगलबार भरतपुरको चौबिसकोठीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । ‘अहिले मानौँ महान अपराधी फेला पारियो भने […]

गढीमाईबाट फर्कँदै गरेका यात्रु बोकेको स्कारपियो दुर्घटना हुँदा आठ जनाको मृत्यु

भरतपुर, २५ मङ्सिर । बारामा गढीमाईको दर्शन गरेर सिराहा फर्कँदै गरेको बा १६ च ३१६२ नम्बरको जिप रौतहटमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । बारामा गढीमाईको दर्शन गरेर फर्किँदै गरेको जिप दुर्घटनामा परेको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको लमाहामा गए राति जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय […]

युद्धप्रसाद मिश्र स्मृति साहित्य सम्मान शाहलाई प्रदान गरिने

मकवानपुर, २५ मङ्सिर । युद्धप्रसाद मिश्र स्मृति साहित्य सम्मान निभा शाहलाई प्रदान गरिने भएकाे छ । प्रगतिशील लेखक संघ मकवानपुरको नवौं जिल्ला सम्मेलनकाे अवसरमा यस वर्षकाे युद्धप्रसाद मिश्र स्मृति साहित्य सम्मानबाट प्रगतिवादी कवि तथा अग्रज साहित्यकार शाह सम्मानित हुने भएकी हुन् । २० पुष २०८१ गते शनिवार हुने प्रलेसकाे जिल्ला अधिवेशनमा उक्त पुरस्कार प्रदान गरिने […]

समाजसेवी आचार्यद्वारा माडीका दुई विद्यालयलाई न्यानो टोपी वितरण

चितवन, २५ मंसिर । समाजसेवी शंकर आचार्यले एक कार्यक्रमकाबीच विद्यार्थीलाई न्यानो टोपी वितरण गर्नुभएको छ । माडी ७ जगन्नाथपुरीमा रहेको बालकल्याण आधारभूत विद्यालय र देबेन्द्रपुरमा रहेको दक्षिणकालिका आधरभूत विद्यालयलाई समाजसेवी आचार्यले सहयोग गर्नुभएको हो । बालकल्याण स्कुललाई ६९ र दक्षिणकालिका स्कुललाई ५८ वटा न्यानो टोपी वितरण गरिएको समाजसेवी आचार्यले जानकारी दिनुभयो । जाडो मौसमलाई मध्यनजर […]