इभि भ्यानको ठक्करले पैदलयात्रीको मृत्यु
चितवन, २२ मङ्सिर । राप्ती नगरपालिका–१, पिप्लेमा इभि भ्यानले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार राति ११ बजेर १५ मिनेटको समयमा पूर्वपश्चिम महेन्द्र राजमार्गमा हेटौँडाबाट नारायणघाटतर्फ आउँदै गरेको म प्र ०३–००१ ख ०५५५ नम्बरको इभी भ्यानले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । भ्यानले ठक्कर दिँदा […]
स्याङ्जामा कृति लोकार्पण तथा अक्षयकोष घोषणा

गल्याङ, २२ मङ्सिर । स्याङ्जाको साहित्यिक इतिहासमा विशेष महत्त्वपूर्ण अर्थ राख्ने कृति लोकार्पण तथा अक्षयकोष घोषणा कार्यक्रम सम्पन्न भएको छ । नारायणप्रसाद ज्ञवाली स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार कोष गल्याङ नगरपालिका- ११, दिमिक, कुमाल्दी, स्याङ्जाको आयोजनामा शनिबार गल्याङ- ११ स्थित स्वर्गीय नारायणप्रसाद ज्ञवालीको निवासमा कोषको पहिलो कार्यक्रमको रूपमा समारोह सम्पन्न गरिएको थियोे । अनौपचारिक रूपमा आयोजना […]
नेपाल-भारत मैत्री संगठन चितवनको अध्यक्षमा तेजेन्द्र पौडेल चयन

चितवन, २२ मंसिर । नेपाल – भारत मैत्री संगठनको चितवन जिल्ला कार्यसमितिको अध्यक्षमा तेजेन्द्रप्रसाद पौडेल चयन हुनुभएको छ । भरतपुर महानगरपालिका- ९ शरदपुरस्थित त्रिपुरेश्वर शिवालय मन्दिरमा शनिबार भएको भेलाले अध्यक्षमा पौडेललाई सर्वसम्मतले चयन गरेको हो । समितिको उपाध्यक्षमा कल्पना पौडेल खड्का र बाबुराम गैरे, सचिवमा राजकुमार लामिछाने, सहसचिवमा दिनेशप्रसाद बडु, कोषाध्यक्षमा चन्दना कोइराला र सदस्यहरुमा […]
रक्तक्यान्सर पीडित भुपराज पाठकलाई सहयोगको लागि अपिल

माडी, २२ मङ्सिर । माडीको दिवाकर स्मृति माध्यमिक विद्यालयका शिक्षक एवं चर्चित हाँस्य कलाकार तथा लोकदोहोरी गायक भूपराज पाठकलाई रक्त क्यान्सर रोग देखिएको छ । माडी नगरपालिका-४, सिम्रहनी निवासी कलाकार एवं शिक्षक पाठकको हाल काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार सुरु भएको छ । दुई साताअघि लगातार ज्वरो आएसँगै स्वास्थ्य परीक्षण गराउनुभएका पाठकमा रक्त क्यान्सर पुष्टी […]
किताबघरमा बालबालिकाको किताब वार्ता

मकवानपुर, २२ मङ्सिर । किताबघर हेटौंडाको आयोजनामा ‘बालबालिकासँग किताबका कुरा’ को पहिलो कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा ४, भैरबरोडमा रहेको किताबघरमा शुक्रबार विभिन्न ५ विद्यालयका बालबालिकाले ‘एउटै मात्र इभान’ किताबमाथि चर्चा गरेका थिए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका दुईवटा सामुदायिक तथा तीन संस्थागत विद्यालयका विद्यार्थी सहभागी थिए । ज्ञानोदय बालवाटिका आवासीय मावि, हेटौंडा ५ कि […]
नयाँ सूर्योदय (कविता)

हामी, पीडा र सम्भावनाबीच अडिएको एउटा पुस्ता चर्किएको माटोमा हुर्किएका तर सपना हावा जस्तै उड्ने आशाहरू फाटेको फाँटमा बोटको साटो जङ्गल हुर्काउने तृष्णाहरूले डाहा गर्ने हाम्रो आँट । हामीलाई सिकाइएको थियो— शान्त रहू झुक गुमनाम बन तर हाम्रा गोडाहरू पर्खाल चढ्न चाहन्थे हाम्रो स्वासले बन्द कोठाहरू चिर्न चाहन्थ्यो यो शान्तिको खोल ओढेर न्यायलाई बाँधिएको एउटा […]