पत्रकार देउजामाथि चितवनमा रास्वपाका कार्यकर्ताद्वारा कुटपिट

चितवन, १९ मङ्सिर । रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले चितवनमा पत्रकार कुटेको घटनाको पत्रकार सम्बद्ध संघ संगठनहरुले विरोध जनाएका छन् । रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धिकरणलगायतका आरोपमा भईरहेको अनुसन्धानको विरोधका उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले समाचार संकलन गर्न पुगेका नेपाल पत्रकार महासंघका सदस्य तथा […]
मकवानपुरमा लागुऔषधसहित ४ जना पक्राउ

मकवानपुर, १९ मङ्सिर मकवानपुरका छुट्टाछुट्टै २ स्थानबाट प्रहरीले लागुऔषध गाँजासहित ४ जनालाई पक्राउ गरेको छ । राक्सिराङ गाउँपालिकाबाट मंगलबार २ जनालाई र हेटौंडा–१५, रातोमाटेबाट बुधबार २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका–५, ढुङगुखोलाको बगरबाट २ जनालाई १७ किलो ६ सय ग्राम लागुऔषध गाँजासहित […]
नागरिकता अधिकार सम्बन्धी `कचहरी´ नाटक प्रदर्शन

चितवन, १९ मङ्सिर । लैगिंक हिंसाविरुद्ध १६ दिने अभियानको अवसरमा चितवनमा बुधबार नागरिकता अधिकार सम्बन्धी सचेतनामुलक `कचहरी´ नाटक प्रदर्शन गरिएको छ । महिला काननु र विकास मञ्च (FWLD)ले रत्ननगर नगरपालिकाको सौराहाचोक, भरतपुर महानगरपालिकाको सहिदचोक र नारायणी नदि किनारमा गरी ३ स्थानमा नाटक प्रस्तुत गरेको हो । कार्यक्रममा रत्ननगर नगरपालिका वडा नम्बर- १ का अध्यक्ष कुलप्रसाद […]
`समावेशी विद्युतीय पुस्तकालय आजको आवश्यकता´

चितवन, १९ मङ्सिर । भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले आजको जमाना सूचना प्रविधिको भएकाले समावेशी विद्युतीय पुस्तकालय आजको आवश्यकता भएको बताएका छन् । भरतपुर महानगरपालिका–४ मा नेपाल जर्नी नेपालद्वारा निर्माण भइरहेको अपाङ्गतामैत्री विद्युतीय पुस्तकालयको विषयमा आयोजित अन्तरक्रियामा प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्दै उपमेयर अधिकारीले विद्युतीय पुस्तकालयको आवश्यकतामाथि जोड दिएका हुन् । अन्तरक्रियाको आयोजना भरतपुर […]
बारामा ‘कृषि एक्स्पो गढीमाई´ शुरु

बारा, १९ मङ्सिर । कनेक्ट किसानको आयोजनमा बाराको बरियारपुरमा ‘कृषि एक्स्पो गढीमाई- २०८१’ शुरु भएको छ । ५ वर्षको अन्तरालामा लाग्ने गढीमाई मेलामा सहभागी हुन आउने भक्तजन र उर्भर भूमि तराईमा खेती गर्दै आएका किसानहरुलाई प्रविधि र बजारसँग जोड्ने उद्देश्यले किसान, व्यवसायी, कृषि विज्ञ, सरकारी निकाय र कृषिसँग सरोकार राख्ने अभियान्ताहरुको जमघट गराउन कृषि एक्स्पो […]
मनमोहन बालग्राममा न्यानो कपडा र खाद्यान्न वितरण

चितवन, १९ मङ्सिर । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर लायन्स क्लब अफ नारायणगढ चित्रवन र लायन्स क्लब अफ नारायणगढ लालीगुराँसले मंगलबार मनमोहन बालग्राम, माडी–६, लक्ष्मी निवासमा न्यानो कपडा र खाद्यान्न वितरण गरेका छन् । लायन्स क्लब अफ नारायणगढ चित्रवनका अध्यक्ष दीपक प्रधान र लायन्स क्लब अफ नारायणगढ लालीगुराँसकी अध्यक्ष अम्बिका श्रेष्ठको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा […]
लैङ्गिक हिंसाविरुद्ध सैनिक आवासीय महाविद्यालयमा प्रभातफेरी

चितवन, १९ मङ्सिर । सैनिक आवासीय महाविद्यालय खैरहनी, चितवनले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत बृहत् प्रभातफेरी कार्यक्रम गरेको छ । महाविद्यालय परिसरबाट सुरू भएको प्रभातफेरी खैरहनी–३ र ८ हुँदै वडा नम्बर ३ को कार्यालयमा पुगेर कोणसभामा परिणत गरी समापन भएको थियो । कार्यक्रममा महाविद्यालयका प्रिन्सिपल, प्रमुख व्यवस्थापक, भाइस प्रिन्सिपल, होस्टल सुपरिटेन्डेन्ट, इलाका प्रहरी कार्यालय खैरहनीका […]