अपाङ्गता भएकाहरूलाई सिकाइ र सहजीकरण आवश्यक

भरतपुर, १७ मङ्सिर । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनले सोमबार भरतपुरमा एक कार्यक्रमको आयोजना गरी अपाङ्गता भएका व्यक्तिहरुलाई योगदेखि उद्घोषणसम्मको ज्ञान दिएको छ । ३३औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको हो । इक्यान चितवनका अध्यक्ष दीपकचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि भरतपुर महानगरपालिका- ११ का वडाध्यक्ष कमल मल्ल […]
क्याम्पाचौरमा बौद्धिक अपाङ्गताहरूबीच फुटबल

भरतपुर, १७ मङ्सिर । नारायणगढको क्याम्पाचौरमा बौद्धिक अपाङ्गता भएकाहरूबीच फुटबल खेलाइएको छ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आर नेपालको पहलमा बौद्धिक अपाङ्गता भएकाहरुलाई फुटबल खेलाइएको डिस्ट्रीक्ट गभर्नर पिएमजेएफ लायन दिनानाथ न्यौपानेले बताए । फुटबल प्रतियोगितामा नारायणगढ, भरतपुर, टाँडी, माडी, बछौली, धनौजी र पटिहानी गरी ७ वटा टिम सहभागी थिए । प्रतियोगितालाई मैत्रीपूर्ण बनाउँदै सबैलाई […]
एनपिएल : काठमाडौँमाथि चितवनको जित

काठमाडौँ, १७ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौँ गुर्खाजलाई चितवन राइनोजले हराएको हो । सोमबार बिहान कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चितवनले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हराएको हो । काठमान्डु गुर्खाजले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो । त्यसको जवाफी ब्याटिङमा चितवन राइनोजले भने १७.१ ओभरमै केवल ५ विकेट […]