पूर्णिमाको पुरस्कार अर्पण तथा विशेष प्रवचन कार्यक्रम सम्पन्न

कोहलपुर, १ मंसिर । कोहलपुरमा रहेको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठाननको आयोजनामा विशेष समारोह गरी कर्मयोगी बद्रीविक्रम थापाको स्मृतिमा स्थापित दुई पुरस्कार अर्पण गरिएको छ । वर्ष २०८१ को कर्मयोगी बद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कारबाट नेपाली लोकगीत र साहित्य क्षेत्रमा सक्रिय रोल्पाकी स्रष्टा पवित्रा घर्तीलाई र कर्मयोगी बद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कार नेपाली गजल, कविता जस्ता विधामा […]

पल्लव कुम्भमा ९ जनालाई सम्मान

भरतपुर, १ मङ्सिर । पल्लव साहित्य प्रतिष्ठान चितवनले नेपाली साहित्य क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न स्रस्टालाई पुरस्कार अर्पण सँगै सम्मान गरेको छ । उद्योग वाणिज्य सङ्घ चितवनको सभाहलमा शनिबार ‘पल्लव कुम्भ’ कार्यक्रम आयोजना गरी मुलुकका विभिन्न ठाउँका ९ जना स्रस्टालाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लले स्रष्टालाई सम्मान […]