लेखक धनराज गिरिको पन्ध्रौँ पुस्तक सार्वजनिक

भरतपुर, २७ कात्तिक । लेखक धनराज गिरिको नयाँ कृति Grand father’s letters to his grandkids कृति विमोचन गरिएको छ । नेपाल मावि रत्ननगरमा कक्षा १० मा पढ्ने सर्वज्ञा पौडेल, अङ्कुरम् एकेडेमी भरतपुरमा कक्षा ८ मा पढ्ने आशीर्वाद सापकोटा र गैंडाकोट इङ्लिस स्कुलमा कक्षा ७ मा पढ्ने अभिश्री कँडेलले कृति विमोचन गर्नुभएको हो । मंगलबार सम्पूर्ण […]

बागमतीमा १४ मन्त्रालय

मकवानपुर, २७ कात्तिक । बागमती प्रदेश सरकारले प्रदेशमा मन्त्रालयको सङ्ख्या बढाएर १४ बनाएकाे छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा यसअघि रहेको १३ मन्त्रालयबाट विभाजन गरी १४ मन्त्रालय बनाएको हो । मन्त्रिपरिषद् बैठकले मन्त्रालयको सङ्ख्या थप गरी कार्यविभाजन समेत स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । उनका […]

ट्याङ्करको टायर पड्किएर पसल सञ्चालकको मृत्यु

मकवानपुर, २७ कात्तिक । हेटौंडा उपमहानगरपालिका–११, थानाभर्‍याङमा ट्याङ्करको टायर पड्किएर पसल सञ्चालकको मृत्यु भएको छ । सोमबार राति १ बजेको समयमा मधेश प्रदेश ०३–००२ ख ०३०० नम्बरको पेट्रोल लोड भएको ट्याङ्करको पन्चट भएको टायर खोलेर मर्मतपछि हावा भर्ने क्रममा टायर पड्किएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । घटनामा टायर पसलका सञ्चालक छिमेकी […]

बालपुरी तेक्वान्दो प्रतियोगितामा नवलपुर प्रथम

नवलपुर, २७ कात्तिक । प्रथम बालपुरी खुला तेक्वान्दो प्रतियोगितामा नवलपुर प्रथम भएको हो । युथ भिजन अर्गनाइजेसन विनयी त्रिवेणीको आयोजना र नवलपुर जिल्ला तेक्वान्दो संघ (आई. टी. एफ) को सह आयोजनामा विनयी त्रिवेणी वडा नम्बर ६ स्थित त्रिवेणीधाम तीन दिनसम्म प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगितामा नवलपुरले १२ स्वर्ण, ७ रजत र १४ कास्य गरी […]

Sampurna Kitab Library