गल्याङमा स्थानीय प्रज्ञाप्रतिष्ठान विषयक प्राज्ञिक विमर्श

स्याङ्जा, २४ कात्तिक । स्याङ्जाको साहित्यिक इतिहासमा पहिलोपटक स्थानीय प्रज्ञाप्रतिष्ठान विषयक प्राज्ञिक विमर्श २०८१ कार्यक्रम सम्पन्न भएको छ । गल्याङ प्रज्ञा प्रतिष्ठान, गल्याङ नगरपालिका, स्याङ्जाको आयोजनामा शनिबार गल्याङ- ३, स्थित गल्याङ नगरपालिकाको सभाहलमा प्राज्ञिक विमर्श – २०८१ दोस्रो कार्यक्रमको रूपमा सम्पन्न गरिएको थियोे । गल्याङ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष अग्रज साहित्यकार व्यक्तित्व चण्डिकाप्रसाद भट्टराईको अध्यक्षतामा आयोजना […]
जन्मदिनमा आदर्श गृहमा आश्रितलाई वनभोज

कालिका, २४ कात्तिक । मानिसहरु प्राय: जन्मदिन भन्नेवित्तिकै केक काट्ने, पार्टी गर्ने, उपहार दिनेलिने साथै परिवार आफन्त र साथीभाइसँग रमाइलो गर्ने गरेको पाइन्छ । तर पछिल्लो समय सामाजिक कार्यमा संलग्न भएर जन्मदिनलाई उत्सवको रुपमा मनाउनेहरु बढ्दै गएका छन् । यसरी गरिने कर्मले मनमा छुट्टै खुसी र शान्तिको अनुभूति हुने गरेको उनीहरुको भनाई छ । यस्तै […]
मंगलपुरमा निःशुल्क आँखा शिविर

भरतपुर, २४ कात्तिक । भरतपुर महानगरपालिकामा निःशुल्क आँखा परीक्षण गरिएको छ । भरतपुर महानगरपालिका -१५ मंगलपुरमा गरिएको शिविरमा पाँचसय भन्दा बढी बिरामीले आँखा परीक्षण गराएका छन् । श्री जानकी नमुना टोल विकास समिति भरतपुर -१५ र नेत्रज्योति संघ भरतपुरको आयोजना तथा भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा वृहत् आँखा परिक्षण शिविर गरिएको हो । शिविर राष्ट्रिय […]
चिसापमा `कमिलाको प्वाँख´ र `माटोको सुगन्ध´ पुरस्कृत

भरतपुर, २४ कात्तिक । चितवन साहित्य परिषद्ले ११६ औँ लक्ष्मीजयन्तीका अवसरमा विविध कार्यक्रम गरेको छ । शनिबार चितवन साहित्य परिषद् भवनमा आयोजित कार्यक्रममा चिसाप लीला – नर्मदा साहित्य पुरस्कार – २०८० बाट छन्दकवि प्रकाश चापागाईंको `कमिलाकाे प्वाँख´ कवितासङ्ग्रह र चिसाप भीष्मकान्त शिक्षा – साहित्य पुरस्कार – २०८१ शिक्षाविद् तथा साहित्यकार श्यामजी अतिथि सेढाईको निबन्धसङ्ग्रह `माटोको […]
कविडाँडा आख्यान पुरस्कार गौतमको `अद्वैत´लाई

सौराहा, २४ कात्तिक । कविडाँडा आख्यान पुरस्कार – २०८० प्राध्यापक कृष्ण गौतमलाई अर्पण गरिएको छ । कविडाँडा साहित्य समाज चितवनले शनिबार सौराहामा कार्यक्रम गरी `अद्वैत´ उपन्यासका लागि लेखक गौतमलाई उक्त पुरस्कार अर्पण गरेको हो । समाजका अध्यक्ष एलबी क्षेत्रीले दोसल्ला र सम्मानपत्रसहित १ लाख २५ हजार रुपियाँले गौतमलाई सम्मान गरे । पुरस्कार अर्पण कार्यक्रममा बोल्दै […]