नारायणी किनारमा उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व समापन

भरतपुर, २३ कात्तिक । शुक्रबार बिहान उदाँउदो सूर्य भगवान र छठी मातालाई अर्घ दिएसँगै यसपालिको छठ पर्व विधिवत समापन भएको छ । देशभर छठ मनाउनेहरुले आज नदी तलाउमा गएर उदाउँदो सूर्यलाई अर्घ दिएका छन् । चितवनको नारायणी किनारमा पनि छठीमाता तथा सूर्यलाई अर्घ दिन भक्तजनहरुको भीड देखिएको छ । नारायणघाटस्थित नारायणी नदी किनारमा छठ पूजा […]