चितवनमा बेलुका ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने

चितवन, १६ कात्तिक । जिल्ला प्रशासन कार्यालय चितवनले तिहारको समयमा बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न आग्रह गरेको छ । जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसी भैलो, नाचगान लगायतका सांस्कृतिक क्रियाकलापहरु बेलुका ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माद्वारा जारी सूचनामा उल्लेख छ । […]
तिहार बिदामा चन्द्रागिरिमा पुगेर कविता लेख्दै प्रधानमन्त्री ओली

काठमाडौँ, १६ कात्तिक । तिहार बिदाको समयलाई सदुपयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली केबुलकार चढेर शुक्रबार मध्यान्ह परिवारसहित चन्द्रागिरि डाँडोमा पुग्दा वातावरण थोरै घमाइलो थियो । वरिपरिका जङ्गललाई हुस्सुले नछोपे पनि मौसम छ्याङ्ग खुलेको भने थिएन । स्वदेशी र विदेशी यात्रीहरु आफ्नै लयमा चन्द्रागिरि पहाड, चन्द्रागिरि रिसोर्ट र भालेश्वर महादेवको परिसरमा घुमिरहेका थिए । प्रधानमन्त्री […]
यथार्थ सपना र सम्बन्धको सङ्गी, पूर्णबहादुरको सारङ्गी

सिनेमा बनाउने सबैभन्दा इमानदार तरिका भनेको तपाईंले साँच्चै महसुस गरेको कुरा बताउने सिनेमा बनाउनु हो । पूर्णबहादुरको सारङ्गी हेरिरहँदा मैले टोनी कायको यो भनाई सम्झिएँ । मैले सम्झिएँ कथा र कहानी खोज्दै हामी कहाँ कहाँ भौँतारिन्छौँ । जबकी अर्गानिक कथाहरु त हामीले बाँचिरहेका वर्तमानहरु हुन् । हामीले अनुभव गरेका विगतहरु हुन् । देखाउन सक्ने भए […]