भरतपुरको ग्यालेक्सी रिसोर्टमा बुद्धि सुवेदीको नेतृत्व

चितवन, १२ कात्तिक । भरतपुरको यज्ञपुरीमा रहेको ग्यालेक्सी गार्डेन रिसोर्टको नेतृत्व एनआरएन अभियन्ता बुद्धिसागर सुवेदीले लिएका छन् । भरतपुर महानगरपालिका- ४ यज्ञपुरीमा रहेको रिसोर्टको छैटौँ साधारणसभा एवं तेस्रो अधिवेशनले सुवेदीलाई अध्यक्ष पदमा चयन गरेको हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा करिब साढे दुई दशक लामो व्यावसायिक अनुभव भएका सुवेदीलाई विश्वास गरेर लगानीकर्ताले जिम्मेवारी सुम्पेका हुन् […]

बागमती प्रदेशमा करिब डेढ अर्ब रुपैयाँ बराबरको कृषिबाली क्षति

मकवानपुर, १२ कात्तिक । बागमती प्रदेशमा १ अर्ब ४५ करोड ७८ लाख ३५ हजार रुपैयाँ मूल्य बराबरको कृषिबाली क्षति भएको छ । असोजको दोस्रो हप्तादेखि परेको अविरल बर्षाका कारण प्रदेशको १३ जिल्लाहरुमा उक्त मूल्यकाे अनुमानित कृषिबाली क्षति भएको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका जनाएकाे छ । मन्त्रालयका अनुसार उक्त मनसुनजन्य विपतले प्रदेशको ६ हजार […]

भाइटीकाको शुभ साइत कात्तिक १८ गते ११:३७ बजे

काठमाडौँ, ११ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको सोमबारको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि […]

कविता प्रतियोगितामा गार्गी कन्या गुरुकुलम्की चेतना वाग्ले पहिलो

चितवन, १२ कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्तीको सन्दर्भ पारेर सनराइज इङ्लिस सेकेण्डरी स्कुल, भरतपुरले विद्यालयको ३७औँ वार्षिकोत्सको अवसरमा सोमबार चितवन जिल्लाव्यापी माध्यमिक विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा गार्गी कन्या गुरुकुलम्की छात्रा चेतना वाग्ले पहिलो भएकी छन् । २० वटा विद्यालयका ३५ जना सहभागीबिचको प्रतिस्पर्धामा वाग्ले पहिलो भएकी हुन् । प्रतियोगितामा […]