पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ, ११ कात्तिक । नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सेमिफाइनलमा पेनाल्टी सुटआउटमा भारतलाई ४-२ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । निर्धारित समयमा खेल १-१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । यसअघि एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु हुनासाथ सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई […]

तरुण दल नवलपुरद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री

गैंडाकोट, ११ कात्तिक । नेपाल तरुण दल नवलपुरले संगठनको ६४ औँ स्थापना दिवसको अवसर पारेर गैंडाकोटमा रहेको महेन्द्र स्मारक आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयमा वालविकासदेखि कक्षा ८ सम्म अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई आइतबार एक कार्यक्रम गरी शैक्षिक सामग्री वितरण गरिएको हो । सोही अवसरमा तिहार, छठ पर्व र नेपाल […]

बागमती प्रदेशलाई अख्तियारको प्रतिवेदन

मकवानपुर, ११ कात्तिक । बागमती प्रदेश प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयले ३४ औं प्रतिवेदन बुझाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाका कार्यालय प्रमुख उमाकान्त आचार्यलगायतको समूहले आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख देवकोटाले पारदर्शिताको सबैभन्दा अपरीहार्य सवाल भएकोले यसतर्फ सचेत […]

लोकतन्त्र सन्देशद्वारा प्रभात माविलाई डस्टबिन र गमला हस्तान्तरण

भरतपुर, ११ कात्तिक । भरतपुरवाट नियमित प्रकाशन हुँदै आएको लोकतन्त्र सन्देश दैनिक पत्रिकाले भरतपुर २५ स्थित प्रभात माध्यमिक विद्यालय शुक्रनगरलाई डस्टबिन र गमला हस्तान्तरण गरेको छ । आइतबार विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी विद्यालयलाई १५ वटा डस्टबिन र ४० वटा गमला हस्तान्तरण गरिएको हो । पत्रिकाका कार्यकारी सम्पादक सन्तोष देवकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा […]

सडक दुर्घटनाले बढाउँदै आर्थिक भार

भरतपुर, ११ कात्तिक । सडक दुर्घटना नेपालका लागि मात्र नभई आधुनिक विश्वका लागि नै एउटा विकराल समस्या बनेको छ । मानिस जातिको सहजताका निम्ति बनाइएका सडक र सवारी साधनले मानवीय त्रुटी, लापरवाही तथा अन्य कारणवश मानिसकै ज्यान लिने क्रम बढिरहेको छ । यसरी सडक दुर्घटनाकै कारण व्यक्ति, परिवार, समाज र देशलाई विभिन्न प्रकारको भार थपिँदै […]

हृदयाघातका कारण पत्रकार क्षेत्रीको निधन

गैंडाकोट, ११ कात्तिक । पत्रकार प्रेम क्षेत्रीको निधन भएको छ । गैंडाकोटस्थित सामुदयिक रेडियो विजय एफएमको सह स्टेशन म्यानेजर एवं विजय खबर पत्रिकामा समाचार सम्पादकका रुपमा कार्यरत पत्रकार क्षेत्रीको हृदयघातका कारण गएराति निधन भएको हो । सुत्नुअघि छाती दुखेको महसुस गरेका क्षेत्रीलाई अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको परिवार स्रोतले जनाएको छ । क्षेत्रीको आइतबार […]