केदार कुशलका दुई कृति एकैसाथ लोकार्पण

रत्ननगर, २२ असोज । राष्ट्रउत्थान साहित्य प्रतिष्ठानको आयोजनामा जनजागृति मावि पिठुवामा काव्यिक अनुष्ठान गरिएको छ । विष्णुप्रसाद पौडेल ‘अपरिचित’को अध्यक्षता र केशवराज आमोदीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रसिद्ध निबन्धकार रामबाबु धिमिरे, समालोचक कपिल अज्ञात, रामहरि शर्मा ‘शराह’, हास्यव्यङ्ग्य निबन्धकार तिलकराज शर्मा र धनराज गिरी विशिष्ट अतिथि थिए । कार्यक्रममा रचनावाचन तथा शुभकामना आदानप्रदानसमेत गरिएको थियो […]
तेल ट्यांकरबाट गाँजा बरामद

मकवानपुर, २२ असोज । मकवानपुर प्रहरीले तेल ट्यांकरबाट लागुऔषध गाँजा बरामद गरेको छ । मंगलबार बिहान काठमाडौंमा तेल अनलोड गरि पालुङ हुँदै विरगंजतर्फ जाँदै गरेको ना ७ ख १७७१ को ट्याङकरबाट तीन सय ९२ किलो लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौंडा १५ रातोमाटेबाट गाजा सहितको […]