‘दाइबा : चित्तरञ्जन नेपाली स्मृतिग्रन्थ’ सार्वजनिक

काठमाडौँ, २० असोज । पहिलो मदन पुरस्कार विजेता इतिहासकार तथा लेखक चित्तरञ्जन नेपालीको नाममा स्मृतिग्रन्थ सार्वजनिक भएको छ । ‘दाइबा : चित्तरञ्जन नेपाली स्मृतिग्रन्थ’ पुस्तक काठमाडौँमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । उक्त पुस्तकलाई प्राडा त्रिरत्न मानन्धर, मल्ल के सुन्दर, डा. मदन भट्टराईलगायतले सार्वजनिक गरेका हुन् । कार्यक्रममा बोल्दै प्राडा मानन्धरले चित्तरञ्जन नेपालीले इतिहास […]

भावनाको जन्मदिनमा विद्यार्थीलाई न्यानो कपडा

भरतपुर, २० असोज । लायन्स क्लब अफ चितवन वाङमयको आयोजनामा भरतपुर- १३ उजेलीनगरस्थित राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । कार्यक्रममा लायन्स डिस्ट्रिक्ट ३२५ आर नेपालका डिस्ट्रिक्ट गभर्नर दिनानाथ न्यौपाने प्रमुख अतिथि रहेका थिए । क्लबले स्थापनाकालदेखि नै विभिन्न सामाजिक क्रियाकलापहरू गरिरहेको र अहिले आफ्नै जन्मदिन पारेर क्लबकी सक्रिय सदस्य भावना […]

आँचलको आयोजनामा शुभकामना आदानप्रदान साथै रचनावाचन

मकवानपुर, २० असोज । आँचल साहित्य कला पुञ्ज, मकवानपुरले आफ्नो नियमित मासिक भेटघाट कार्यक्रम गरेको छ । आँचलले हरेक महिनाको तेस्रो शनिवार मासिक भेटघाट कार्यक्रम सम्पन्न गर्ने गरेको छ । मासिक भेटघाट कार्यक्रममा नेपाली समाजमा प्रमुख रुपमा मनाइने दशैँ, तिहार, छठ चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रमसँगै रचनावाचन गरिएको थियो । आँचलकी संस्थापक अध्यक्ष मुना अर्यालको मानेडाँडास्थित […]