उत्कृष्ट निबन्ध लेखेबापत जय पाठक सम्मानित

भरतपुर, १९ असोज । उत्कृष्ट निबन्ध लेखेबापत जय पाठक (जेपी) सम्मानित भएका छन् । भरतपुर अस्पतालले आयोजना गरेको खुला निबन्ध प्रतियोगितामा पाठक उत्कृष्ट भई सम्मानित भएका हुन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) प्रा.डा. कृष्णप्रसाद पौडेलले शुक्रबार पाठकलाई नगद पुरस्कार सहित उत्कृष्ट निबन्धको प्रमाणपत्र प्रदान गरेका छन् । अस्पतालले गत भदौमा ‘भरतपुर अस्पताललाई अझै सेवामैत्री बनाउन […]

पदमपाेखरी युथले जित्याे जिल्ला लिगकाे उपाधि

मकवानपुर, १९ असोज । मकवानपुरकाे हेटौंडामा भएकाे जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि हेटौंडाकाे पदमपोखरी युथ क्लबले हात पारेकाे छ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा शनिबार भएको फाइनल खेलमा बागमती गाउँपालिकाको शहीद स्मृति क्लबलाई ३–१ गोलअन्तरले हराउँदै पदमपोखरीले उपाधि जितेको हो । प्रतियोगिताको उपाधि विजेता भएसँगै पदमपोखरीले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको […]

हंसको २१ औं वार्षिक साधारणसभाको इकाई बैठक सम्पन्न, ३ करोड मुनाफा

भरतपुर, १९ असोज । हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २१औं वार्षिक साधारणसभाअन्तर्गत तीन ओटा सेवाकेन्द्रहरूको इकाई बैठक शनिबार सफलतापूर्वक सम्पन्न गरेको छ । टाँडी, विजयनगर र जीतपुर सेवाकेन्द्रमा छुट्टाछुट्टै सम्पन्न भएका यी बैठकहरू टाँडी सेवाकेन्द्रको होटल गंगोत्री हाइवे रत्ननगरमा, विजयनगर सेवाकेन्द्रको तथास्तु पार्टी प्यालेसमा र जीतपुर सेवाकेन्द्रको संस्थाको आफ्नै भवन परिसरमा आयोजना गरिएका थिए […]

कवि गणेश श्रमण र नमुना शर्मा सम्मानित

भरतपुर, १९ असोज । कवि गणेश श्रमण र नमूना शर्मा रामेश्वर पुस्तकालयबाट सम्मानित भएका छन् । पुस्तकालयको २० औँ वार्षिक साधारणसभा तथा अधिवेशनको अवसरमा कवि श्रमणको `आगो लिएर गाउँ गाउँमा´ कवितासङ्ग्रहलाई विष्णुहीरा रामेश्वर प्रतिभा सम्मान २०८१ प्रदान गरियो । हाल अष्ट्रेलिया निवासी डिलाराम खरेलले बुबा विष्णुप्रसाद खरेल र आमा हीरामति खरेलको सम्मानमा पुस्तकालयले पुरस्कार प्रदान […]

रवि लामिछानेलाई कालो झण्डा देखाउने ४ जना पक्राउ

भरतपुर, १९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कालो झण्डा देखाउने क्रममा ४ जना पकाउ परेका छन् । `चितवनबासीसँग भेटघाट कार्यक्रम´ अन्तर्गत सभापति लामिछाने नारायणी कला मन्दिरमा आउने क्रममा उनलाई कालो झण्डा देखाइएको थियो । सहकारी ठगीमा लामिछाने पनि संलग्न रहेको भन्दै कालो झण्डा देखाउने क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा […]

बागमती प्रदेश सरकारले ५ करोड ८० लाख रुपैयाँ सहयोग गर्ने

मकवानपुर, १९ असोज । बागमती प्रदेश सरकारले बाढीपहिरोले क्षति पुर्‍याएको ४५ वटा स्थानीय तहलाई ५ करोड ८० लाख रुपैयाँ सहायता प्रदान गर्ने भएको छ । शनिबार हेटौंडामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशका ७ वटा स्थानीय तहलाई २० लाख, १२ वटा स्थानीय तहलाई १५ लाख र २६ वटा स्थानीय तहलाई १० लाखका दरले रकम दिने निर्णय […]

बिज्ञानको `चाहना´ गीतको म्युजिक भिडियो सार्वजनिक

भरतपुर, १९ असोज । चितवनका गीतकार विज्ञानलाल श्रेष्ठको शब्दले सजिएको ‘चाहना’ गीतको म्युजिक भिडियो रिलिज भएको छ । दशैँको पहिलो दिन घटस्थापनाको अवसर पारेर गीतकार स्वयंको युटुब च्यानलबाट भिडियो रिलिज भएको हो । मायाप्रीतिका गाथाले भरिएका शब्दहरूलाई अष्ट्रेलियामा रहेका शिरिषविक्रम थापाले सङ्गीत दिएका छन् भने उक्त गीतमा गायिका सदा श्रेष्ठको स्वर रहेको छ । अष्ट्रेलियामा […]

८ किलो सुनसहित २ जना भारतीय नागरिक पक्राउ

मकवानपुर, १९ असोज । मकवानपुर प्रहरीले हेटौंडाबाट ११ करोड बढीको सुनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौंडा–१५ रातोमाटेस्थित प्रहरी चौकीबाट ८ किलो ४३.९७ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार सो सुनको हालकाे बजार मूल्य ११ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबर […]

उपन्यासकारको पाइला मुक्तकमा

काठमाडौँ, १९ असोज । नेपाली समालोचना र आख्यान सिर्जनामा स्थापित स्रष्टा डा. अम्बिका अर्याल मुक्तकसङ्ग्रह लिएर आएकी छन् । असाेज १७ गते घटस्थापनाका दिन उनको नवीनतम कृति ‘भावदीप’ मुक्तकसङ्ग्रहको बागबजारस्थित पद्मकन्या क्याम्पस, डेनिस हलमा एक समारोहबिच सार्वजनिक गरियो । नारी साहित्यकार एवम् समालोचकहरूद्वारा स्थापित ज्ञानचक्षु साहित्य प्रतिष्ठानले यसको आयोजना गरेको हो । भिन्न शैलीमा गरिएको […]