सौराहामा यु आर अटोमेटिक लन्ड्रीको शाखा सञ्चालन

रत्ननगर, १८ असोज । यु आर अटोमेटिक लन्ड्रीको नयाँ शाखा पूर्वी चितवनको सौराहाबाट सञ्चालनमा आएको छ । रत्ननगर ६ बछौलीको गौरीगाई चोक नजिकै रहेको स्ट्रिट नम्बर ७ बाट लन्ड्रीले शुक्रबारदेखि सेवा आरम्भ गरेको हो । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष गङ्गा गिरीले एक समारोहबीच लन्ड्रीको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै गिरीले अत्याधुनिक लन्ड्रीको सञ्चालनपछि […]

आदर्श नारीद्वारा बाढी प्रभावित विद्यार्थीलाई पोशाक वितरण

गैंडाकोट, १८ असोज । आदर्श नारी विकास केन्द्रले बाढी प्रभावित विद्यालयका विद्यार्थीहरुका लागि नि:शुल्क पोशाक वितरण गरेको छ । हालै आएको बाढीको डुवानमा परेका भरतपुर महानगरपालिका वडा नम्बर १६ का ४ विद्यालयका २६६ विद्यार्थीहरुका लागि विद्यालयको पोशाक वितरण गरिएको हो । संस्थाले आफ्नै सदस्यहरुसँग संकलन गरेको रकमबाट कार्यक्रम गरिएको हो । बाढी प्रभावित क्षेत्रमा राहत […]

हेटौंडामा १०७ केजी लागुऔषध गाँजासहित १ जना पक्राउ

मकवानपुर, १८ असोज । हेटौंडामा १०७ केजी लागुऔषध गाँजा र बोलेरो गाडी सहित १ जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानी चेकपोष्टस्थित पूर्वपश्चिम महेन्द्र राजमार्ग सडकमा सवारी साधानहरु रोकी चेकजाँच गर्ने ठुलो परिमाणको गाँजा फेला पारिएको हो । मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बा १२ च २८८५ नंबरको बोलेरो गाडीलाई रोकी चेकजाँच गर्ने […]