बागमती विश्वविद्यालयको उपाध्यक्षमा चितवनका सुवेदी नियुक्त

मकवानपुर, २ असोज । बागमती विश्वविद्यालयको उपाध्यक्षमा कुसुमराज सुवेदी नियुक्त भएका छन् । मंगलबार बसेको बागमती विश्वविद्यालयको कार्यकारी परिषद्ले सुवेदीलाई उपाध्यक्ष पदमा नियुक्त गरेको हो । उपाध्यक्ष विश्वविद्यालयको प्रशासकीय प्रमुख हुने व्यवस्था छ भने उपाध्यक्षको नियुक्ति संरक्षक समितिले गठन गरेको छनौट समितिले सिफारिस गरेका तीन जना उम्मेदवारमध्येबाट कार्यकारी परिषद्ले गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार […]
प्रदेश प्रमुख देवकोटालाई बुझाइयो मानवअधिकार प्रतिवेदन

मकवानपुर, २ असोज । राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौंडाले बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई आव २०८०/८१ को गतिविधि तथा मानवअधिकार अवस्था बारेको प्रतिवेदन बुझाएको छ । आयोगका उपसचिव पवनकुमार भट्टले प्रदेश प्रमुख देवकोटालाई प्रतिवेदन बुझाएका हुन् । यस प्रदेशमा नागरिक तथा राजनीतिक अधिकारको अवस्था सुधारोन्मुख भएको तर हत्या तथा आत्महत्याका घटना भइरहेको प्रतिवेदनमा […]
बागमती प्रदेशका उत्कृष्ट विद्यालयहरु पुरस्कृत

मकवानपुर, २ असोज । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा बुधबार बागमती प्रदेशका उत्कृष्ट विद्यालयहरुलाई पुरस्कृत गरिएको छ । प्रदेशको शिक्षा विकास निर्देशनालय हेटौंडाले प्रदेशका उत्कृष्ट विद्यालयलाई हेटौडामा एक कार्यक्रमबिच पुरस्कृत गरेको हो । शिक्षा दिवसको अवसरमा ५ वटा सामुदायिक र ५ वटा संस्थागत विद्यालयलाई नगदसहित पुरस्कृत गरिएको छ । शिक्षा विकास निर्देशनालयले छनौट गरेका […]
नेपाली कांग्रेस चितवनको अभियान : ‘सात पालिका सात वाटिका’

चितवन, २ असोज । नेपाली कांग्रेस चितवनले जिल्लाका सातै पालिकामा सात वाटिका निर्माण एवं व्यवस्थापन गर्ने भएको छ । ‘सात पालिका सात वाटिका’ अभियान सञ्चालन गरी पार्टीमा महत्वपूर्ण योगदान पु¥याएका नेताहरुको नामबाट सात पालिकामा सात वाटिका निर्माण गर्न लागिएको हो । जिल्ला सभापति राजेश्वर खनालका अनुसार माडी नगरपालिकामा गणेशमान स्मृति दिवसको अवसर पारेर आज गणेशमान […]
मकवानपुरका कवि यश लामाको ‘बहिष्कृत आवाज’ शनिबार विमोचन हुने

मकवानपुर, २ असोज । कवि यश लामाको कवितासङ्ग्रह ‘बहिष्कृत आवाज’ असोज ५ गते विमोचन हुन लागेको छ । कवि लामाका अनुसार कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली र डा. रामजी राम वक्ताका रूपमा रहने छन् । सङ्ग्रहमाथि विमर्शसमेत रहेको कार्यक्रममा लामाले आफ्ना प्रतिनिधिमूलक कविताहरू वाचन गर्नेछन् । विद्यार्थी कालदेखि नै कविता लेख्दै आएका कवि लामा […]