भरतपुरमा बडादशैँ स्वदेशी जुत्ताचप्पल व्यापार मेला सुरु

भरतपुर, १ असोज । भरतपुरस्थित औद्योगिक प्रदर्शनीमा बडादशैँ स्वदेशी जुत्ता चप्पल व्यापार मेला मंगलबारदेखि सुरु भएको छ । असोज २४ गतेसम्म सञ्चालन हुने मेलाको बागमती प्रदेशको उद्योग वाणिज्य, भूमि व्यवस्था तथा प्रशासनमन्त्री सुकमाया तामाङले उद्घाटन गरिन् । मेलाको उद्घाटन गर्दै मन्त्री तामाङले नेपाल धेरै वस्तुको उत्पादनमा आत्मनिर्भर बन्न सक्ने सम्भावना रहेको बताइन् । स्थानीय स्रोत […]
तेस्रो राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि फ्रिडम फाइटरलाई

मकवानपुर, १ असोज । मकवानपुरको हेटौंडामा जारी तेस्रो राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि फ्रिडम फाइटर भेट्रान्स काठमाडौले जितेको छ । मंगलबारको फाइनलमा पूर्वेली भेट्रान्स झापालाई ३–२ गोलले पाखा लगाउँदै फ्रिडम फाइटरले उपाधि चुमेको हो । रोटरी मकवानपुरको आयोजनामा भएको प्रतियोगिताको विजेता हुँदै फ्रिडम फाइटरले २ लाख २ हजार २२२ रुपैयाँ पायो भने उपविजेतामा पूर्वेलीले एक […]
पुडासैनीको उन्नाइसौं कृति ‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’

भरतपुर, १ असोज । रत्न पुस्तक भण्डार, काठमाडौँले डा. दामोदर पुडासैनी ‘किशोर’ को कवितासङ्ग्रह ‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’ प्रकाशित गरेको छ । डा. पुडासैनीले सन् २०२३ मे २० देखि जुलाई २८ सम्म अमेरिका बसाईंका क्रममा ५३ वटा कविताहरू रचेका थिए । यी सबै कविताहरू अमेरिकी भावभूमि, मिथक र विम्बमा आधारित भएर, वैज्ञानिक विकासको उपलब्धि समेटेर, […]
चितवन गोल्डकपको उद्घाटन खेलमा सूर्यपुर र बागमती भिड्ने

भरतपुर, १ असोज । गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपको तयारी पूरा भएको छ । भरतपुर फुटबल क्लब बिएफसीको आयोजनामा असोज ३ गतेदेखि हुने प्रतियोगिताको तयारी पूरा भएको हो । नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिम केन्द्र) को मैदानमा असोज १२ गतेसम्म चल्ने प्रतियोगिताको तयारी पूरा भएको संयोजक ध्रुव भुसालले जानकारी दिए । प्रतियोगिताका लागि मैदान मर्मतलगायतको […]
आदिकवि भानु माविका विद्यार्थीले बनाए विज्ञानको कला
भरतपुर, १ असोज । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी पनि अब्बल र क्षमतावान छन् भन्ने देखाएका छन् नारायणगढमा रहेको आदिकवि भानु माविका विद्यार्थीले । भानु माविमा पढ्ने विद्यार्थीले विज्ञानमा आफ्नो कला देखाएका हुन् । उनीहरुले वैज्ञानिक सिद्धान्तमा आधारित आविष्कारलाई कलाबाट प्रस्तुत गरेर आफूलाई मात्र प्रस्तुत गरेनन्, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई पनि प्रमाणित गरे । कक्षा सातदेखि […]
मन्त्री तामाङद्वारा दाना उद्योगको निरीक्षण

मकवानपुर, १ असोज । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले दाना उद्योगको निरीक्षण गरेकी छिन् । मंगलबार भरतपुर महानगरपालिका-६ स्थित उद्योगको मन्त्री तामाङले निरीक्षण गरेकी हुन् । उद्योग निरीक्षणको क्रममा मन्त्री तामाङले उद्योगलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । आफू सधैं उद्यमीको पक्षमा रहेर काम गर्ने बताउँदै उनले भनिन् – […]
गँड्यौला मल प्रविधिबारे गैंडाकोट स्कुलमा प्रयोगात्मक अभिमुखीकरण

गैंडाकोट, १ असोज । गैँडाकोट नगरपालिका वडा नम्बर ८ र ४ अन्तर्गत टोल संजालका अगुवा सदस्यहरुलाई भर्मी कम्पोष्ट (गँड्यौला मल) प्रविधिको व्यवहारिक प्रयोगात्मक ज्ञानको अभ्यास सहितको अभिमुखीकरण कार्यक्रम गरिएको छ । गैँडाकोट इङ्ग्लिस स्कुलको आयोजनामा विद्यालयको सभाहलमा ९० जनाभन्दा बढीको उपस्थितिमा कार्यक्रम गरिएको हो । ‘विद्यालय र समुदायको संयुक्त आह्वान : दिगो विकास लक्ष्य प्राप्तीमा […]