पत्रकार तुलमान गुरुङको ‘तमू क्युई´ पुस्तक प्रकाशन, भरतपुरमा मातृभाषा कक्षा सञ्चालन

भरतपुर, ३१ भदौ । तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् चितवनले गुरूङ भाषाको संरक्षण गर्ने उद्देश्यसहित शनिबारदेखि दुई हप्ते तमू भाषाको कक्षा सञ्चालन गरेको छ । भरतपुर–२ स्थित महाबौद्ध गुम्बा तीनखोलेमा भइरहेको कक्षामा ३५ जना प्रशिक्षार्थी सहभागी छन् । तमू समुदायमा भाषाको ज्ञान कम हुँदै गएपछि भाषा जोगाउनकै लागि पनि वार्षिक कार्ययोजना बनाएर कक्षा […]
ग्रीनल्याण्ड स्कुलमा इन्टरयाक्ट क्लब गठन

भरतपुर, ३१ भदौ । भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कुलमा इन्टरयाक्ट क्लब गठन भएको छ । स्कुलमा सोमबार एक कार्यक्रमबीच ग्रीनल्याण्ड इन्टरयाक्ट क्लब गठन भएको हो । नवगठित क्लबको अध्यक्षमा विधुशी कार्की चयन भएकी छन् । निर्वाचित अध्यक्षमा ह्यापी पौडेल, उपाध्यक्षमा गोपाल भण्डारी, सचिवमा तनुजा कँडेल, कोषाध्यक्षमा साहिल बन्त थारु, सहसचिवमा पूर्णिमा मण्डल र सर्जेन्ट अफ आर्म्स […]
उद्योगी र व्यवसायीलाई करसम्बन्धी अभिमुखीकरण

भरतपुर, ३१ भदौ । चितवनका उद्योगी व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघ चितवनले छिमेकी जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष, महिला उद्यमीलगायत कार्यालय प्रमुखहरूलाई लक्षित गरी कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । उद्योग वाणिज्य संघ–चितवनको आयोजना एवम् जिआईजेड नेपालको प्राविधिक सहयोगमा भदौ ३० र ३१ गते सौराहामा कार्यक्रम भएको […]
सेन्ट्रल कलेजबाट युके र युएसएका कलेजमा सजिलै जान सकिने

भरतपुर, ३१ भदौ । शैक्षिक परामर्शदाता संस्था सेन्ट्रल कलेजबाट युके र युएसएका विभिन्न कलेज तथा युनिभर्सिटीमा अध्ययनका लागि जान सकिने भएको छ । कलेजले पछिल्लो समय सेवा विस्तार गर्दै विश्वका बिभिन्न देशमा अध्ययनका लागि विद्यार्थी पठाउन थालेको छ । आइएलटिएस, पिटिइ पढेर यहाँबाट प्रोसेस गरेका धेरै विद्यार्थीले भिसा समेत प्राप्त गरेको कलेजका प्रिन्सिपल यज्ञविलास (वाइबी) […]
देवचुली नगरपालिकाद्वारा प्लाष्टिकजन्य फूलगुच्छा तथा माला प्रतिबन्ध
देवचुली, ३१ भदौ । देवचुली नगरपालिकाले सोमबार एक विज्ञप्ति जारी गर्दै प्लाष्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्रीवितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाउने निर्णय गरेको जनाएको छ । देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माद्वारा जारी विज्ञप्तिमा नेपालीहरूको महान चाड बडादशैँ, तिहार, छठ जस्ता पर्वहरूमा प्लाष्टिकजन्य फूलगुच्छा, मालालगायतका सामग्रीहरुको प्रयोग, आयात, बिक्रीवितरण र भण्डारण नगर्न […]
कर्मचारी सञ्चय कोषको ६३ औँ वार्षिकोत्सवमा हेटौंडामा प्रभातफेरी

मकवानपुर, ३१ भदौ । कर्मचारी सञ्चय कोष ६३ वर्षमा प्रवेश गरेको छ । ६३ औं वार्षिकोत्सवमा काेषकाे केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुले विभिन्न कार्यक्रम गरी मनाएका छन् । काेषकाे हेटौंडा शाखा कार्यालयले सोमबार विहान प्रभातफेरी कार्यक्रम गरेकाे छ । हेटौंडा ४ स्थित कार्यालय परिसरबाट सुरु भएकाे प्रभातफेरी हुप्राचौर, पारिजातपथ, स्कुलरोड हुँदै कोषको कार्यालयमा गएर समापन […]
महालक्ष्मी साहित्य पुरस्कार महाकाव्यकार मुना अर्यालले पाउने

मकवानपुर, ३१ भदौ । महालक्ष्मी साहित्य पुरस्कार २०८० महाकाव्यकार मुना अर्याललाई प्रदान गरिने भएको छ । मातृभूमि साहित्य समाज मकवानपुर र महालक्ष्मी विकास बैंकले संयुक्तरुपमा प्रदान गर्दै आएकाे उक्त पुरस्कारबाट मकवानपुरकी साहित्यकार अर्याललाई सम्मान गरिने आइतबार पत्रकार भेटघाट गर्दै जानकारी दिइएकाे हाे । २०५६ सालमा स्थापना भएको समाजले २०५९ सालमा यती फाइनान्स साहित्य पुरस्कार को […]
भन्सार छलेर ल्याइएका लत्ताकपडासहित मकवानपुरमा ३ जना भारतीय पक्राउ

मकवानपुर, ३१ भदौ । भन्सार छलेर ल्याइएका लाखौँ रुपैयाँका लत्ताकपडा तथा विभिन्न किसिमका सामानसहित मकवानपुर प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा १५ स्थित रातोमाटे चेकपोष्टस्थित सडकमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको डब्लु बी ४९ एन २१७८ नम्बरको भारतीय बसबाट भन्सार छलेर ल्याइएका १३ लाख […]
पर्वतीय साहित्यको नमुना हो त ‘हिमाल, शेर्पा र यती’ ?

(साहित्यकार भीष्म उप्रेती कविता, निबन्ध र नियात्राका क्षेत्रमा उम्दा लेखक हुन् । त्यसो त उनको उपन्यास पनि प्रकाशित छ । उनी पेसाले बैँकर भए पनि उनको नेपाली भाषामा पकड राम्रो छ । उनका कृतिहरु नेपाली लेखिएको भए पनि विश्वका एक दर्जनभन्दा बढी भाषामा अनूदित भइसकेका छन् । तिनै लेखकको सगरमाथा आधार शिविरसम्मको यात्राको विवरणलाई डायरीको […]
ग्ल्यान्स युनिसेक्स हाइजनिक सैलुनले टिकटक भिडियो प्रतियोगिता गर्ने

भरतपुर, ३१ भदौ । नारायणगढस्थित द टाउन सेन्टरमा रहेको ग्ल्यान्स युनिसेक्स हाइजनिक सैलुन (GLANCE Unisex Hygienic Salon) ले बडा दशैँ, तिहार र छठ पर्वको अवसर पारेर टिकटक भिडियो प्रतियोगिता गर्ने भएको छ । असोज १ गतेदेखि असोज १० गतेसम्म सैलुनमा आएर सेवा लिएका ग्राहकले इच्छाअनुसार सैलुनको सेवा झल्किने गरी भिडियो बनाउने छन् । उक्त भिडियोलाई […]