समावेशी सहभागिताको जग काँग्रेसले नै बसालेको हो : महामन्त्री विश्वप्रकाश शर्मा

मकवानपुर, ३० भदौ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समावेशी सहभागिताको जग काँग्रेसले नै बसालेको बताएका छन् । आइतबार पार्टीले हेटौँडामा आयोजना गरेको अभिमुखीकरणमा महामन्त्री शर्माले यस्तो बताएका हुन् । संविधान संशोधन गरेर समावेशी सहभागिता हटाइन्छ भन्ने माओवादी केन्द्रले आरोप लगाउँदै आएको भन्दै उनले उक्त विषयमा भ्रममा नपर्न आग्रह गरे । अग्रगामी काम हुने गरी […]

घनश्याम खड्काको ‘आनन्द संहिता’ माथि पोखरामा चर्चा

पोखरा, ३० भदौ । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा घनश्याम खड्काको नवीनतम कृति ‘आनन्द संहिता’ को चर्चा गरेको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कृतिमाथि संस्थाकै सहसचिव दीपक पराजुलीले अवधारणापत्र प्रस्तुत गरेका थिए । ‘मिथ्या’ उपन्यासका लेखकसमेत रहेका पराजुलीले ‘आनन्द संहिता’ लाई स्वसहयोगी कृति मात्रै नभई पाठकलाई बोध र बुद्धत्वतर्फ अभिमुख गराउने […]

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छ : खेलकुदमन्त्री चौधरी

काठमाडौं, ३० भदौ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णालीमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर २ देखि ९ सम्म कर्णालीको सुर्खेतमा आयोजना गरिएको छ । १०औं राष्ट्रिय खेलकुदका लागि सुर्खेतको […]

चितवन स्क्रयाबल च्याम्पियनशीपमा ६ जना विजयी, अङ्कुरम् एकेडेमीका निराजन प्रथम र कुलदीप द्वितीय

भरतपुर, ३० भदौ । भरतपुरस्थित अङ्कुरम् एकेडेमीमा जिल्लास्तरीय स्क्रयाबल च्याम्पियनशीप सम्पन्न भएको छ । २० विद्यालयबाट ४० जना विद्यार्थीहरू उक्त प्रतिस्पर्धामा सहभागी थिए । स्क्रयाबल क्लब चितवनका जिल्ला संयोजक ओमराज मैनालीको अध्यक्षता र प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथि स्क्रयाबल क्लब नेपालका सल्लाहकार एवं गैँडाकोट इङ्ग्लिस स्कुलका प्राचार्य हीरालाल […]