गणेशबाबु अधिकारीको ‘रेजा’ उपन्यास सार्वजनिक

काठमाडौँ, २९ भदौ । गीतकार तथा गजलकारको रूपमा छवि बनाएका गोर्खाका स्रष्टा गणेशबाबु अधिकारीको पहिलो उपन्यास ‘रेजा’ सार्वजनिक भएको छ । राष्ट्रिय नाचघर जमलमा शनिबार उपन्यास सार्वजनिक भएको छ । पेज टर्नर प्रकाशनका अध्यक्ष भुवनहरि सिग्देल, कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, विशेष अतिथि छवि वैरागी, समालोचकद्वय महेश पौड्याल र सुमन वर्षाले उपन्यासको […]
शिवमार्ग टोल विकास संस्थामा पुनः दधिराम

भरतपुर, २९ भदौ । भरतपुर महानगरपालिका -९ अन्तर्गतको शिवमार्ग टोल विकास संस्थाको २२औँ साधारणसभा तथा ११ औँ अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दधिराम कँडेलको अध्यक्षता तथा वडा नम्बर ९ का अध्यक्ष यमलाल कँडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । साधारणसभामा अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत भई सभाबाट अनुमोदन भएको थियो । […]
वसन्तचाेक टाेल विकास संस्थामा पुनः भीमबहादुरको नेतृत्व

भरतपुर, २९ भदौ । भरतपुर- १२ स्थित वसन्तचाेक टाेल विकास संस्थाले भीमबहादुर गुरूङलाई पुनः अध्यक्षता पदमा दोहोर्याएको छ । । दोस्रो कार्यकालका लागि उपाध्यक्ष गाेविन्दराज बराल, सचिव देवी शर्मा बराल र काेषाध्यक्ष महेन्द्रकुमार श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ । एघार सदस्य रहनेगरी नयाँ समिति गठन गरिएको कार्यक्रमलाई टाेल विकास संस्थाका सचिव देवी शर्माले सहजीकरण गरेकी […]
`म पनि पढ्छु´को दोस्रो शृङ्खलामा विद्यार्थीले सुनाए पठन अनुभव

भरतपुर, २९ भदौ । ६० औँ राष्ट्रिय बाल दिवसका अवसरमा सम्पूर्ण किताबले `म पनि पढ्छु´को दोस्रो शृङ्खला गरेको छ । शनिबार आयोजित कार्यक्रममा विभिन्न विद्यालयका ६ जना विद्यार्थीले पठन अनुभव र अनुभूति प्रस्तुत गरे । `बालबालिकामा लगानी सुनिश्चित भविस्यको थालनी´ नाराका साथ शनिबार मुलुकभर ६० औँ बाल दिवस मनाइएको छ । सम्पूर्ण किताबले पनि यसै […]
रजत महोत्सव मनाउने तयारीमा अभ्युदय सहकारी

भरतपुर, २९ भदौ । भरतपुर–५ स्थित अभ्युदय बहुउद्देश्यीय सहकारी संस्था लि. ले स्थापनाको २५ औं वर्षको अवसरमा विविध कार्यक्रम गरी रजत जयन्ती मनाउने भएको छ । सहकारीले पत्रकार सम्मेलनको आयोजना गरी रजत जयन्तीको अवसरमा आयोजना गरिएका विविध कार्यक्रमबारे जानकारी गराएको हो । रजत महोत्सव अन्तर्गत सहकारीले भदौ ३० गते सरसफाई, भदौ ३१ गते सहकारी शिक्षा […]
अङ्कुरम् एकेडेमीमा सामाजिक शिक्षा प्रदर्शनी : नेपाली संस्कृतिभित्रको विविधतामा एकतालाई बल

भरतपुर, २९ भदौ । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा सामाजिक शिक्षा प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुद्वारा तयार पारिएका विविध सामग्रीसहित विद्यालयको प्राङ्गणमा उक्त प्रदर्शनी शुक्रबार सम्पन्न भएको हो । ‘सामाजिक प्रदर्शनी ः इतिहास, संस्कृति र समाजमार्फत् एउटा यात्रा’ नारा दिइएको उक्त प्रदर्शनीमा विद्यार्थीहरुले निर्माण गरेका वाद्यवादन, ऐतिहासिकता झल्काउने सामग्री, र सजावटसम्बन्धी सामग्रीहरुको […]
फालिएका कागजमा जीवनोपयोगी सामग्री भेट्थेँ : लामिछाने

गैंडाकोट, २९ भदौ । पठन संस्कृति अभियानको छैटौँ शृङ्खलामा नियात्राकार एवम् उद्यमी जीवा लामिछाने प्रस्तुत भएका छन् । प्रमुख अतिथि लामिछानेले पठन संस्कार समाजका लागि आवश्यक रहेको बताएका छन् । पढ्ने बानीको सम्पर्क दिमाग र चेतनासँग हुने भएकोले मानवजीवनमा पठन संस्कार महत्त्वपूर्ण मानिएको लामिछानेले बताए । चितवनको पदमपुरमा जन्मे हुर्केका लामिछानेले भने – `म पनि […]
प्रमुख अतिथि अधिकारीलाई मायाको चिनो पुस्तक

गैंडाकोट, २९ भदौ । विभिन्न संघसंस्थाले आयोजना गर्ने औपचारिक कार्यक्रमहरुमा अतिथि एवं प्रमुख अतिथिलाई मायाको चिनोस्वरुप काष्ठकलाका विभिन्न सामग्री दिँदै आएको हामीले देखेकै छौं तर शनिबार गैंडाकोटमा आयोजित एक कार्यक्रममा अतिथि र प्रमुख अतिथिलाई मायाको चिनोस्वरुप पुस्तक दिइएको छ । गैंडाकोट नगरपालिका वडा नम्बर २ मा रहेको गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३३ […]
चितवन प्रदर्शनी केन्द्रमा पर्व मेला हुँदै, जुत्ताचप्पलदेखि सवारीसाधनसम्म बिक्रीमा

भरतपुर, २९ भदौ । चितवन उद्योग संघ, भरतपुर परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रमा असोज महिनामा पर्व मेला आयोजना गरिने भएको छ । अन्य दुई संस्थासँग मिलेर उद्योग संघले आयोजना गर्न लागेको पर्व मेलाबारे शनिबार संघमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो । संघले बेस ग्लोबल प्रालिसँगको सहकार्यमा असोज १ देखि २४ गतेसम्म जुत्ताचप्पल व्यापार […]
अनुष्का र प्रितम बने देवचुलीका नमुना नगरप्रमुख र उपप्रमुख

देवचुली, २९ भदौ । ६०औं राष्ट्रिय बाल दिवसको अवसरमा देवचुलीमा बालबालिकालाई नै नमुना नगरप्रमुख र उपप्रमुख बनाइएको छ । नगर बाल सञ्जालका बालबालिकाहरुद्वारा गोलाप्रथा गरी नगर प्रमुख र उपप्रमुख चयन गरिएको हो । गोलाप्रथाद्वारा नगर बाल सञ्जालकी अध्यक्ष रहेकी अनुष्का भण्डारी नमुना नगरप्रमुख र नगर बाल सञ्जालका उपाध्यक्ष रहेका प्रितम कार्की नमुना उपप्रमुख भएका थिए […]