चितवनमा आत्महत्याको घटना बढ्दो, रोकथामका लागि आदर्शको अभियान

भरतपुर, २५ भदौ । चितवनमा आत्महत्याको घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको विगत ३ वर्षको तथ्यांक अनुुुसार आव २०७८/०७९मा ११४, २०७९/०८० मा २२४ र २०८०/०८१ मा २३२ जनाले आत्महत्या गरेका छन् । जसमध्ये सबैभन्दा बढी २५ वर्ष मुनिका ८८ जना रहेका छन् । तीमध्ये पनि १८ बर्ष मुनिका ३९ जना छन् […]

सिमपानीमा खोलाले बगाउँदा छात्राको मृत्यु

मकवानपुर, २५ भदौ । मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ८ सिमपानीमा खोलाले बगाउँदा एक छात्राको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय युनाइटेड बोर्डिङ स्कुलमा अध्यनरत बर्ष १४ की रितिका भनिने रन्जिता गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मंगलबार दिउँसो गुरुङ र महेन्द्र किरण माविमा अध्ययनरत वर्ष १७ का छात्र […]

हेटौंडामा जारी भेट्रान्स फुटबलमा हरिवन र निजगढ विजयी

मकवानपुर, २५ भदौ । मकवानपुरको हेटौंडामा जारी तेस्रो रोटरी मकवानपुर पिप्ले–क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा हरिवन भेट्रान्स सर्लाही र निजगढ भेट्रान्स विजयी भएका छन् । रोटरी क्लब अफ मकवानपुरको आयोजनामा भएको प्रतियोगिताको मंगलबार भएको पहिलो खेलमा घरेलु टिम हेटौंडा भेट्रान्सलाई ४–० को गोलले पराजित गर्दै हरिवन भेट्रान्स विजयी भएको छ । […]

सेन्ट्रल मोडल कलेजले दुई करोड बराबरको छात्रवृत्ति दिने

भरतपुर, २५ भदौ । सेन्ट्रल मोडल कलेजले उच्चशिक्षाको पहुँचलाई थप प्रवर्धन गर्न दुई करोड रुपैयाँ बराबरको छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ । यस छात्रवृत्तिले विभिन्न क्षेत्रका मेधावी विद्यार्थीलाई आर्थिक समस्या बिना नै उच्चशिक्षा हासिल गर्ने अवसर प्राप्त हुने कलेजका अध्यक्ष यज्ञविलास (वाईबी) पौडेलले जानकारी दिए । सेन्ट्रल मोडल कलेजले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ […]

आत्महत्याका अधिकांश घटना मानसिक स्वास्थ्यसँग सम्बन्धित

भरतपुर, २५ भदौ । विश्वभर वार्षिक सात लाख मानिसले आत्महत्या गरेको तीमध्ये अधिकांश घटना मानसिक स्वास्थ्यसँग सम्बन्धित रहेको सरोकारवालाहरुले बताएका छन् । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा मंगलबार भरतपुरमा आयोजित एक कार्यक्रममा यस्तो जानकारी गराइएको हो । जनस्वास्थ्य कार्यालय चितवनसँगको सहकार्यमा बागमती प्रदेश, स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय हेटौँडाले भरतपुरमा आयोजना गरेको आत्महत्या रिपोर्टिङ सम्बन्धी […]

प्रथम पिप्ले हासु कप असोज ५ देखि हुने

चितवन, २५ भदौ । प्रथम पिप्ले हासु कप फुटबल प्रतियोगिता असोज ५ गतेदेखि सुरु हुने भएको छ । पिप्ले युवा समाज राप्ती नगरपालिका १ पिप्लेको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । समाजको खेल मैदानमा हुने प्रतियोगितामा १० टिम सहभागी हुनेछन् । जसमा आयोजक पिप्ले युवा समाजसँगै न्यु ज्योति युवा क्लब, हर्दी युवा समाज, मेन्था […]

हेटौंडा अस्पतालकाे स्वामित्वकाे विषयमा सर्वोच्चमा रिट दर्ता

मकवानपुर, २५ भदौ । हेटौंडा अस्पतालको स्वामित्वको विषय अदालत प्रवेश गरेकाे छ । अस्पतालकाे स्वामित्वकाे विषयमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता केशव प्रसाद गौतमले संघीय सरकारसहित १० निकायलाई प्रतिवादी बनाएर रिट निवेदन दर्ता गरेका हुन् । अधिवक्ता गौतमले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारविरुद्ध दर्ता गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार […]