गैंडाकोटमा नेपाल रेडक्रसको स्थापना दिवस मनाइयो

गैंडाकोट, १९ भदौ । एसपीएम कलेज युवा रेडक्रसको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी गैंडाकोट आदर्श उपशाखाको समन्वयमा नेपाल रेडक्रस सोसाइटीको ६२औं स्थापना दिवस “मानवतालाई जीवित राखौँ” भन्ने मूल मर्मका साथ सम्पन्न भयो । युवा रेडक्रस समितिका अध्यक्ष सुमन पण्डितको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेरेसो जिल्ला शाखाका सदस्य विष्णु शर्मा प्रमुख अतिथि रहनुभएको थियो । उहाँले […]
सङ्क्रमणकालीन न्यायको सफल कार्यान्वयनका लागि निरन्तर निगरानी आवश्यक : इन्सेक

काठमाडौँ, १९ भदौ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २०८१ भदौ १९ गते विज्ञप्ति प्रकाशन गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ साउन ३० गते प्रतिनिधि सभा र भदौ ६ गते राष्ट्रिय सभाबाट समेत बहुमतकासाथ पारित भई भदौ १३ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै १८ वर्ष अघिदेखि अवरुद्ध […]
हेटौंडामा खेलाडी र डकर्मीलाई जागरुक महिला सम्मान

मकवानपुर, १९ भदौ । जागरुक महिला सम्मानबाट खेलाडी र डकर्मी सम्मानित भएका छन् । हेटौंडामा रहेको सामुदायिक रेडियो, रेडियो मकवानपुरले हरितालिका तीजको अवसरमा डकर्मी र खेलकर्मी गरी दुई महिलालाई सामुदायिक सम्मान प्रदान गरेको हो । सम्मानित हुनेमा हेटौंडा ५ की खेलकर्मी सरेशा ढुंगाना र हेटौंडा १९ बस्तीपुरकी डकर्मी गौरीमाया सिन्तान रहेका छन् । ढुंगाना तीन […]
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८० कृष्ण गौतमको उपन्यास अद्वैतलाई

भरतपुर, १९ भदौ । कविडाँडा साहित्य समाज चितवनले `कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८०´ कृष्ण गौतमको उपन्यास अद्वैतलाई प्रदान गर्नेभएको छ । गत साउन २१ गते १० वटा किताबको सूची सार्वजनिक गरेको समाजले उक्त सूचीलाई अद्यावधिक गर्दै भदौ ३ गते उत्कृष्ट ५ को सूची सार्वजनिक गरेको थियो । बुधबार बिहान समाजका अध्यक्ष एलबी क्षेत्रीले फेसबुकबाट सार्वजनिक गरेको […]