मौलिकताको संरक्षण गर्दै तीज मनाउन आदर्श नारी विकास केन्द्रको आह्वान

भरतपुर, ९ भदौ । यसपालीको तीजलाई मौलिकताको संरक्षण गर्दै हिंसा प्रभावित महिला तथा बालबालिकाको न्यायका लागि आवाज बुलन्द पार्ने अभियानको रुपमा मनाउन आदर्श नारी विकास केन्द्रले आह्वान गरेको छ । पछिल्लो समय घरभित्रै छोरीहरु असुरक्षित हुँदै गइरहेको भन्दै संस्थाका संस्थापक एवं वरिष्ठ महिलाअधिकारकर्मी मीना खरेलले महिलाको संरक्षण, विकास, संगठन निर्माण गरि महिला तथा बालबालिका माथि […]
भरतपुर महानगरले दियो २ सय ६६ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

भरतपुर, ९ भदौ । भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि दुई सय ६६ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर […]
देशभरका खानेपानी उपभोक्ता सौराहामा

रत्ननगर, ९ भदौ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको २२औं स्थापना दिवसको अवसरमा सोमबार आयोजना हुन लागेको राष्ट्रिय गोष्ठीमा सहभागी हुन देशभरका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रतिनिधिहरु सौराहामा आइपुगेका छन् । महासंघको स्थापना २०६० भदौ १० गते भएको थियो । यसको केन्द्रीय कार्यालय काठमाडौंको थापाथलीमा रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष […]
साहित्य सन्ध्यामा तुल्सी थापाको सम्झना

मकवानपुर, ९ भदौ । साहित्य संगम मकवानपुरले ३४६औं नियमित साहित्य सन्ध्या तुल्सी थापा विशेष गरेकाे छ । २०८० भदौ ८ गते थापाको निधन भएको वार्षिकीमा थापालाई संगमले सम्झिएकाे हाे । शनिबार आयोजित कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले तुल्सी थापाको व्यक्तित्व, शिक्षा क्षेत्र र चेपाङ समुदायमा पुर्याउनु भएको योगदानसँगै साहित्यिक जीवनको बारेमा जानकारी दिए […]