२०८१ भदौ ४ गते मंगलबारको कायाकैरन दैनिक (ePaper)
क्यान्सर अस्पतालमा अतिरिक्त सेवा सञ्चालन : ‘सिटीस्क्यान’ सेवा लिन पालो कुर्नुनपर्ने

चितवन, ३ भदौ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा ‘सिटीस्क्यान’ ’ सेवालिन पालो कुर्न नपर्ने भएको छ । दैनिक ६० देखि ७० बिरामीको सिटीस्क्यान हुने सो अस्पतालमा सो सेवा लिन विगतमा एक साता पालो कुर्नुपर्दथ्यो । अस्पतालको रेडियोलोजी विभागका प्रमुख डा नितु शर्माका अनुसार विभागमा रिक्त दुई जना रेडियोलोजिष्ट थप गरेर अतिरिक्त समयमा सेवा […]
साहित्य सङ्गम मकवानपुरको स्थापना दिवसमा कवितावाचन

मकवानपुर, ३ भदौ । साहित्य सङ्गम मकवानपुरले स्थापना दिवसकाे अवसरमा आइतबार हेटौंडामा संयुक्त कवितावाचन कार्यक्रम गरेकाे छ । लेखनका हिसाबले चार पुस्ताका चार कविले कविता सुनाएका थिए । सङ्गमले हरेक वर्ष मनाउँदै आएकाे स्थापना दिवस अन्तरगत ३५ औं सन्ध्या दिवसकाे अवसरमा आइतबार संयुक्त कवितावाचन कार्यक्रम गरिएकाे हाे । कविता वाचनमा एउटै मञ्चमा ४ पुस्ताका कविहरुले […]
सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्दछ : प्रधानमन्त्री

काठमाडौँ, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको संस्थागत विकास तथा सुशासनको प्रवर्द्धनका निम्ति राज्यको काम कारबाही र सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्ने बताएका छन् । राष्ट्रिय सूचना आयोग स्थापनाको १८औँ वर्षमा प्रवेश गरेका अवसरमा शुभकामना व्यक्त गर्दै उनले सही सूचनाको प्रवाहद्वारा मात्र शासन व्यवस्थाप्रति नागरिक सहभागिता बढ्न गई शासन व्यवस्थाले वैधता प्राप्त […]
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारको उत्कृष्ट ५ मा अर्को देशमा, अद्वैत, भृकुटी, गोपिचा र सन्त्रासका साठी दिन
भरतपुर, ३ भदौ । कविडाँडा साहित्य समाज चितवनले २०८० सालमा प्रकाशित आख्यानहरूको श्रेष्ठ ५ सूची सार्वजनिक गरेको छ । कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८० का लागि गत साउन २१ गते १० वटा किताबको सूची सार्वजनिक गरेको समाजले उक्त सूचीलाई अद्यावधिक गर्दै उत्कृष्ट ५ को सूची सार्वजनिक गरेको हो । समाजका अध्यक्ष एलबी क्षेत्रीका अनुसार उत्कृष्ट ५ […]
आज जनैपूर्णिमा, सर्वसाधारणलाई भद्राको दोष नलाग्ने

भरतपुर, ३ भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल […]