राजनीतिकरणले सरकारी स्वामित्वका उद्योग समस्यामा

मकवानपुर, १ भदौ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राजनीतिकरणले सरकारी स्वामित्वका उद्योग बन्द र जीर्ण हुने अवस्थामा पुगेको बताएका छन् । हेटौंडा सिमेन्ट उद्योगको स्थलगत अवलोकनका क्रममा मन्त्री भण्डारीले उक्त कुरा बताएका हुन् । ‘सरकारी स्वामित्वको उद्योग बन्द हुनुको कारण सरकारका साथसाथै सञ्चालक समिति, संलग्न सबै सरोकारवाला हुन्’ मन्त्री भण्डारीले भने ‘उद्योग […]

खस्कँदो विद्यार्थी संख्याबारे चिन्ता

चितवन, १ भदौ । पछिल्लो समयमा विद्यालय तहदेखि उच्च शिक्षासम्म विद्यार्थीको संख्या निरन्तर घट्दै गएपछि सरोकारवालाहरु चिन्तित भएका छन् । भरतपुरमा शनिबार सम्पन्न ‘बदलिँदो परिस्थितिमा उच्च शिक्षा ः पाठ्यक्रम, शिक्षण विधि, मूल्यांकन र नेतृत्व’ विषयक शैक्षिक गोष्ठीमा सरोकारवालाहरुले सो चिन्ता व्यक्त गरेका हुन् । गोष्ठीमा नेपालमा सन् २०१२÷१३ मा १२ लाख ७६ हजार विद्यार्थी कक्षा […]

अनिल श्रेष्ठको `यो मन कहाँ दुख्छ´ माथि चितवनमा विमर्श

भरतपुर, १ भदौ । तनहुँको आँबुखैरेनीका लेखक अनिल श्रेष्ठको निबन्धसङ्ग्रह `यो मन कहाँ दुख्छ´ को विमर्श कार्यक्रम शनिबार भरतपुरमा गरिएको छ । साहित्य सङ्गम चितवनले आयोजना गरेको विमर्श कार्यक्रममा कवि एवम् निबन्धकार भूपिन, कवि मोदनाथ मरहट्टा र निबन्धकार श्रेष्ठसँग रमेश प्रभातले संवाद गरेका थिए । कार्यक्रममा बोल्दै भूपिनले निबन्ध नेपाली साहित्यिक बिधाको लोकतान्त्रिक बिधा भएको […]

चितवनका चिकित्सक दम्पतीद्वारा फाउन्डेसन स्थापना

चितवन, १ भदौ । सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएका चितवनका चिकित्सक दम्पतीले फाउन्डेसन स्थापना गरेका छन् । दन्तरोग विशेषज्ञद्वय डाक्टर अजय न्यौपाने र डाक्टर सरु थापाले ‘डा अजय एण्ड डा सरु फाउन्डेसन’ स्थापना गरेका हुन् । फाउन्डेसन स्थापनाको जानकारी दिँदै डाक्टर न्यौपानेले स्वास्थ्य, शिक्षा, विपत्, कला संस्कृति, खेलकुदलगायत क्षेत्रमा काम गर्ने बताए । हप्ताको सातै […]

वाल्मीकि शिक्षा सदनमा लाखे नाच प्रदर्शन

चितवन, १ भदौ । भरतपुर महानगरपालिका-४, बैदिकनगरस्थित वाल्मीकि शिक्षा सदनले गाईजात्राको अवसरमा रोमाञ्चक लाखे नाच कार्यक्रमको आयोजना गरेको छ । नेपालको जीवन्त नेवारी संस्कृतिको उत्सव मनाउने योजना अनुरुप सयौं विद्यार्थीहरूले उत्साहका साथ लाखे नाच अवलोकन गरेको विद्यालयका सहप्राचार्य प्रकाश सुवेदीले जानकारी दिए । लाखे नाचले पुराना परम्परालाई जगेर्ना गर्ने र सांस्कृतिक मेलमिलाप र सहिष्णुतालाई प्रवर्द्धन […]

भदौ ५ मा एक्सपर्ट चितवनले शैक्षिक मेला गर्दै

भरतपुर, १ भदौ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले शैक्षिक मेला ‘इन्लाइटन एडु’ आयोजना गर्दै छ । उक्त मेलामा अष्ट्रेलिया, युके र न्युजिल्याण्डका ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले जानकारी लिन सक्नेछन् । एक्सपर्ट चितवनको कार्यालय भवन ‘बेसक्याम्प’मा आगामी भदौ ५ गते आयोजना गर्न लागिएको मेला बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म […]