२०८१ साउन २५ गते शुक्रबारको कायाकैरन दैनिक (ePaper)
पद्म माविको भौतिक अवस्था सुधार गर्नु पर्छ : मन्त्री खड्गी

भक्तपुर, २५ साउन । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले भक्तपुर जिल्लाकै पहिलो विद्यालय पद्म माध्यमिक विद्यालयकाे अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बताएकी छिन् । विद्यालयको अवलोकन गर्दै उनले सय वर्ष पुरा भएको विद्यालयलाई स्थानीय तहदेखि प्रदेश र केन्द्रले समेत उपेक्षा गरी इतिहास लोप हुने अवस्थामा पुगेकोले दुःख लागेको बताइन् । मन्त्री खड्गीले […]
कोअपरेटिभ म्यानेजर्स क्लब चितवनको प्रथम वार्षिकोत्सव सम्पन्न

चितवन, २५ साउन । कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) चितवनले प्रथम वार्षिकोत्सव मनाएको छ । भरतपुरमा रहेको चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न सहकारी क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष मेघनाथ लामिछानेले गरेका थिए । प्रमुख अतिथिका रूपमा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका […]
पठन संस्कृति अभियानको पाँचौँ शृङ्खलामा डा. मिनेन्द्र रिजाल आउँदै

गैँडाकोट, २५ साउन । पठन संस्कृति अभियानको पाँचौँ शृङ्खलामा सहभागी हुन राजनीतिज्ञ डा. मिनेन्द्र रिजाल गैँडाकोट आएका छन् । शनिबार बिहान ११ बजे विजय विकास स्रोत केन्द्रको चेतना सदनमा हुने कार्यक्रममा सहभागी हुन डा. रिजाल गैंडाकोट आएका हुन् । कार्यक्रममा रिजाल प्रमुख आतिथि रहनेछन् । सामुदायिक रेडियो विजय एफएम १०१.६ मेगाहर्जको आयोजनामा भइरहेको कार्यक्रमले समुदायमा […]
चितवनमै पहिलोपटक युटेकमा स्नातक र स्नातकोत्तरमा नयाँ कार्यक्रम सुरु

चितवन, २५ साउन । चितवनको भरतपुर–११ मा रहेको युनाइटेड टेक्निकल कलेज (युटेक)ले स्नातक र स्नातकोत्तर तहमा चितवनमै पहिलोपटक नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ । यसै शैक्षिक सत्रबाट कलेजले पोखरा विश्वविद्यालयको ब्याचलर अफ इन्जिनियरिङ इन इन्फोमेसन टेक्नोलोजी (बिई आईटी) तथा मास्टर अफ साइन्स इन ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको पढाई सुरु गरेको कलेजका प्रिन्सिपल एवम् शैक्षिक […]