`यो मन कहाँ दुख्छ´ माथि विद्यार्थीको विमर्श

तनहुँ, ११ साउन । निबन्धकार अनिल श्रेष्ठको नयाँ निबन्ध कृति `यो मन कहाँ दुख्छ´ माथि पुस्तक विमर्श कार्यक्रम गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन, आँबुखैरेनी क्याम्पसले आयोजना गरेको विमर्श कार्यक्रममा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरू अनुशा थापा, आशिका बिक र समालोचक अर्जुनकुमार ढकालले किताबबारे पाठकीय दृष्टिकोण र समालोचकीय धारणा राखेका थिए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष […]

सेन्ट्रल कलेज ग्रुपले चितवनमा बिएचएम, बिआइएम र बिबिएस अध्यापन गराउने

भरतपुर, ११ साउन । चितवनको स्थापित शैक्षिक परामर्शदाता संस्था सेन्ट्रल कलेज एण्ड भोकेसनल ट्रेनिङ सेन्टरले अब बिएचएम, बिआइएम र बिबिएस अध्यापन गराउने भएको छ । उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको यो संस्थाले नेपालमै अध्ययन गर्न चाहाने विद्यार्थीलाई लक्षित गरेर विभिन्न शैक्षिक कार्याक्रम […]

नाच्नमा पोख्त कलाकार खोज्दै नारायणी कला मन्दिर

भरतपुर, ११ साउन । नारायणगढमा २०१९ सालमा स्थापना भएको नारायणी कला मन्दिरले नाच्नमा पोख्त प्रतिभाको खोजी गर्न प्रतिभा मञ्च नामक नृत्य प्रतियोगिता सुरू गर्दैछ । कला मन्दिरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिइएको हो । प्रतियोगिताका संयोजक रामशरण सिलवालले साउन १४ गते सोमबारदेखि खैरहनीबाट अडिसन सुरू गरिने जानकारी दिए । १९ गते शारदानगर, […]

मीनराज वसन्तद्वारा अनूदित ‘पहेँलो छाता’ सार्वजनिक

भरतपुर, ११ साउन । प्रसिद्ध भारतीय लेखक उदय प्रकाशद्वारा लिखित ‘पिली छतरीवाली लड्की’ को नेपाली अनुवाद ‘पहेँलो छाता’ सार्वजनिक भएको छ । सम्पूर्ण किताब नारायणगढमा भएको एक अनौपचारिक जमघटमा बिहीबार ‘पहेँलो छाता’ सार्वजनिक गरिएको हो । स्रस्टाहरू भूपिन, डा. एकनारायण पौड्याल, डा. केशवराज चालिसे, रमेश प्रभात, चेतराज रेग्मी, लेखराम सापकोटा, अमर घिमिरेलगायतले कृति सार्वजनिक गरेका […]