साउने सङ्क्रान्तिमा सुनसान देवघाटधाम

चितवन, १ साउन । साउने सङ्क्रान्तिमा हरेक वर्ष भक्तजनको घुइँचो लाग्ने देवघाटधाम आज सुनसान देखिएको छ । संक्रान्तिका दिन बिहानैदेखि भक्तजन आएर यहाँ स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गर्ने प्रचलन छ । नारायणी नदीमा आएको बाढी र केही दिनअघि सिमलतालमा भएको बस दुर्घटनाका कारण आज साउने संक्रान्तिका दिन देवघाटमा भक्तजनहरुको उपस्थिति न्यून […]
सिमलताल दुर्घटनामा बेपत्ताको खोजी गर्न ३ सय सशस्त्र प्रहरी परिचालित

चितवन, १ साउन । भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बसका यात्रीको खोजी गर्न तीन सय एक सशस्त्र प्रहरी परिचालित भएका छन् । घटनास्थल सिमलतालदेखि गण्डक ब्यारेजसम्मको करिब एक सय ३२ किलोमिटर क्षेत्रमा उक्त सङ्ख्यामा जनशक्ति परिचालित भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले […]
कालीगण्डकी करिडोर ११ दिनदेखि अवरुद्ध

बागलुङ, १ साउन । ११ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै सञ्चालनमा आउन सकेको छैन । गत असार २१ गतेको भारी वर्षाका कारण सडक माथिदेखि खसेको पहिरोले सडक अवरुद्ध भएको थियो । करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको बिच भागबाटै भासिएपछि बागलुङ सदरमुकामसँग यातायात सम्पर्क विच्छेद भएको छ । सडक मर्मतका लागि मेसिन र कामदार खटाए […]
`ऋण खोजेर परदेश, बाकसमा फर्किए देश´

गैंडाकोट, १ साउन । आख्यानकार पंचम अधिकारीको नवीनतम कथासंग्रह ‘प्रवासीको देश हुन्न’ को अन्तर्क्रिया गरिएको छ । सम्पूर्ण किताब नारायणगढको आयोजनामा गैंडाकोटस्थित द नारायणी रिसोर्टमा मंगलबार आयोजित कार्यक्रममा गायत्री श्रेष्ठ र डाक्टर हरिहर पौडेलले समीक्षात्मक टिप्पणी गरे । श्रेष्ठले अधिकारीका कथामा नयाँ स्वाद र शैलीको प्रयोग भएको बताइन् । `पंचमका कथामा मेहनत र पाखुरीको मूल्यको […]
बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, १ साउन । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान गर्दै बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले मंगलबार साँझको मौसमी बुलेटिन प्रकाशित गर्दै सतर्कता अपनाउनसमेत आग्रह गरेको छ । महाशाखाका मौसमविद् गोविन्द झाले बुधबार बिहानसम्म बागमती र गण्डकी प्रदेशका एक–दुई […]
बेस्ट ब्रेन्स एजुकेसनद्वारा रक्तदान कार्यक्रम

भरतपुर, १ साउन । बेस्ट ब्रेन्स एजुकेसन एण्ड भिसा सर्भिसेसको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तसञ्चार केन्द्र भरतपुर अस्पतालको प्राविधिक सहयोगमा बेस्ट ब्रेनले कार्यक्रम आयोजना गरेको हो । बेस्ट ब्रेन्सको कार्यालय परिसर भरतपुर १० कटहरचोकमा आयोजित कार्यक्रममा ५५ जनाले रक्तदान गरेको बेस्ट ब्रेन्सकी प्रमुख कार्यकारी अधिकृत जानुका ढुङ्गानाले जानकारी दिए । मेडिकल सिटी चितवनमा हुने […]
मकवानपुरमा नेपाली विषयमा ए प्लस प्राप्त विद्यार्थी सम्मानित

मकवानपुर, १ साउन । नेपाली भाषाशिक्षक समिति, मकवानपुरले ३६ विद्यार्थी र १६ शिक्षकहरूलाई सम्मान गरेको छ । सोमबार २०८० को एसइइमा नेपाली विषयमा सैद्धान्तिकतर्फ ए प्लस (४ जिपीए) प्राप्त गर्ने विद्यार्थीहरू सम्मानित भएका हुन् । सम्मानित विद्यार्थीहरूलाई अध्यापन गराउनुहुने शिक्षकहरू राम-सावित्री सम्मान २०८० द्वारा सम्मानित भए । सम्मान कार्यक्रमका क्रममा बालजागृति इङ्लिस सेकेण्डरी स्कुलका सबैभन्दा […]