२०८१ असार २६ गते बुधबारको कायाकैरन दैनिक (ePaper)
बागमतीका चार जिल्लामा एकै दिन चार जनाको मृत्यु
मकवानपुर, २५ असार । बागमती प्रदेशको चितवन, काभ्रेपलाञ्चोक, सिन्धुली र धादिङ जिल्लामा गरी एकै दिन ४ जनाको मृत्यु भएको छ । उक्त जिल्लामा विभिन्न घटनामा परी एकै दिन ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिका–४ त्रिचोकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको […]
भरतपुर महानगरले कृषि समूह, फर्म तथा सहकारीलाई बाँड्यो कृषि उपकरण

भरतपुर, २५ असार । भरतपुर महानगरपालिकाले कृषि समूह, फर्म तथा सहकारीलाई ६६ थान कृषि उपकरण वितरण गरेको छ । मंगलबार एक कार्यक्रमबीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उप–प्रमुख चित्रसेन अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले कृषकलाई उपकरणका चाबी हस्तान्तरण गरे । महानरपालिकाले ५० प्रतिशत अनुदानमा रु २ करोडको उपकरण वितरण गरकोे कृषि महाशाखा प्रमुख […]
चितवन जिल्ला लिगमा रड्स र एनएफसीको बराबरी

भरतपुर, २५ असार । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा माडी ११ फुटबल क्लबले महत्वपूर्ण ३ अंक जोडेको छ । लिग अन्तर्गत मंगलबार भएको पहिलो खेलमा यात्रा ग्रुप भरतपुरलाई ३–० गोलले हराउँदै माडीले ३ अंंक जोडेको हो । माडीको जितमा सन्देश महतोले दुई तथा आशिष भुजेलले एक गोल गरे । खेलको चौथो मिनेटमा नै […]
पोखरामा राईको कथासङ्ग्रह ‘अस्तु’ को परिचर्चा

पोखरा, २५ असार । पुछारसिटे अभियानको आयोजनामा कथाकार डा. पुरण राईको कथासङ्ग्रह ‘अस्तु’ को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समिक्षक सञ्जीव पौडेलले अस्तु कथासङ्ग्रहको समीक्षा गर्दै कथाकार पुरण राईका कथालेखन शैली सुन्दर रहेको, ग्रामीण परिवेशलाई आधार बनाएर लेखिएका कथाहरु मौलिक रहेको, विषयवस्तुको चयन, आख्यान बुनौट शैली र […]
दुरगामी महत्व राख्ने निर्णयहरु नगर्न बागमती प्रदेश सरकारलाई अनुरोध
मकवानपुर, २५ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दल बागमती प्रदेशले दुरगामी महत्व राख्ने निर्णयहरु नगर्न बागमती प्रदेश सरकारलाई अनुरोध गरेको छ । मंगलबार दलका नेता एवम् बागमती प्रदेशका पुर्व आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले एक बिज्ञप्ति जारी गर्दै कामचलाउ हैसियतमा पुगिसकेको वर्तमान सरकार स्पष्ट अल्पमतमा परिसकेको भन्दै मुख्यमन्त्रीलाई यथाशीघ्र राजीनामा गरी सहमतीय […]
वासुदेव–भानु स्मृति साहित्य पुरस्कारबाट दीपक गौतम सम्मानित हुने

मकवानपुर, २५ असार । वासुदेव–भानु स्मृति साहित्य पुरस्कारबाट दीपक गौतम सम्मानित हुने भएका छन् । वासुदेव रिजाल स्मृति प्रतिष्ठान मकवानपुरले पुरस्कारबाट यो वर्ष साहित्यकार दीपक गौतमलांई सम्मानित गर्ने भएका हाे । नवसर्जक साहित्य चौतारी नेपालका परिकल्पनाकार तथा संरक्षक समेत रहेका मकवानपुरे साहित्यकार गौतमले साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष […]
२०८१ असार २५ गते मंगलबारको कायाकैरन दैनिक (ePaper)