२०८१ असार १३ गते बिहीबारको कायाकैरन दैनिक (ePaper)
नारायणी पब्लिक स्कुुलमा असारे गीत प्रतियोगिता

भरतपुर, १२ असार । “कला, धर्म र संस्कृतिको संरक्षणमा नारायणी पब्लिकको अभियान” भन्ने नारालाई आत्मसात गर्दै भरतपुर–११ स्थित नारायणी इंग्लिस पब्लिक स्कुलमा असारे गीत गायन प्रतियोगिता सम्पन्न भएको छ । बुधबार विद्यालयमा कृषि र असार पन्ध्रको सांस्कृतिक महत्वको सापेक्षतामा दुई छुट्टाछुट्टै कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा विद्यालयका प्राचार्य वेदराज न्यौपानेले कृषि र यसको महत्वका […]
वीरेन्द्र क्याम्पसका विद्यार्थीले खोले ‘खाजा पोइन्ट’

भरतपुर, १२ असार । स्नातक तह पढिरहेको उमेरमा आफ्नै व्यवसाय सञ्चालन गरिरहेकाहरु खोज्ने हो भने एकदमै कमै मात्रामा भेटिन्छन् । नेपालमा व्याचलर लेभल पढ्ने धेरैजसो विद्यार्थी घरपरिवारकै खर्चमा पढिरहेका हुन्छन् । केहीले जागिर गर्दै पढिरहेका पनि छन् । तर आफ्नै व्यवसाय नै खोलेर पढाइसँगै व्यवसायलाई अघि बढाउने विद्यार्थी कमैमात्र भेटिन्छन् । वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा […]
भरतपुर महानगरको बजेट ६ अर्ब ५५ करोड ८५ लाख

भरतपुर, १२ असार । नीति तथा कार्यक्रम र बजेट पास गर्दै भरतपुर महानगरपालिकाको १५ औँ नगरसभा सम्पन्न भएको छ । सोमबारदेखि सुरु भएको नगरसभा बुधबार नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पास भएपछि सकिएको हो । महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि अनुमानित आय व्ययसहितको ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रूपैयाँको बजेट पास […]
नारायणगढ–मुग्लिङ सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा

भरतपुर, १२ असार । नारायणगढ–मुग्लिङ सडकखण्डमा सम्भावित पहिरो पन्छाउन दुई ठाउँमा उपकरण तयारी अवस्थामा राखिएको छ । बर्सातसँगै जुनसुकै बेला पहिरो खसेर सडक अवरुद्ध हुनसक्ने भएकाले पूर्वतयारी गरिएको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार मुग्लिङबाट पाँच किलोमिटर नारायणगढतर्फ पाँच किलोभन्ने ठाउँमा लोडर तयारी अवस्थामा राखिएको छ । नारायणगढबाट २१ किलोमिटर मुग्लिङतर्फ […]